Welcome to ...

तिते करेलाsugar मधुमेह रोगीकालागि अमृत समान
एजेन्सी । करेलाको नाम सुन्ने बित्तिकै हाम्रो मुख तितो हुने गर्छ । तर यसको तीतोपनलाई बिर्सनुभयो भने करेलाको गुणले तपाइँको शरीरलाइ नसोचेको फाइदा पुर्याउँछ । करेला खासमा ग्रीष्मकालीन तरकारी हो । यसले शरीरका धेरै बिकारलाई सजिलै फाल्दछ । आर्युवेद औषधि विज्ञानका अनुसार करेलाको सयौं गुणहरुमध्ये मधुमेहका विरामीलाई झन बढी लाभदायक मानिन्छ । करेलामा प्रचुरमात्रामा फोस्फोरस पाइने भएकोले अन्य खानेकुरा सजिलै पचाउन सकिन्छ । र साथसाथै करेलाले भोक पनबढाउँछ । मधुमेहका विरामीलाई के के फाइदा गर्छ त?
 १. करेला रगतलाई शुद्ध गर्न सहयोग गर्ने फल भएकोले मधुमेहका विरामीले एक चौथाई करेलाको रसमा त्यतिनै मात्रामा गाजरको रसपिसाएर पिउनाले फाइदा गर्दछ ।


२. कम्तिमा हप्तामा एक पटक करेलाको तरकारी खानाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ । तर करेलालाई शुद्ध तेलमा तारेरखानाले यस्तो फाइदा गर्दैन

। ३. एक मिलि पानीमा ५० ग्राम करेला उमालेर पानाी पिउनाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ। एक महिनासम्म दैनिक चार पटक पिउनाले मधुमेह नियन्त्रणमा आउंछ
। ४. १० ग्राम करेलाको रसमा मह मिसाएर दैनिक पिउनाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ

। ५. २ महिनासम्म २० देखि २५ ग्राम ताजा करेलाको रसमा थोरै नुन मिसाएर खाना खाइसकेपछि पिउने गर्नाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ

 ६. करेलालाई सुकाएर पिनेर पाउडर चूर्ण बनाई दैनिक ६ ग्राम जति एकपटक सेवा गर्नाले पनि पिशावमा जाने चिनिको मात्रालाई नियन्त्रण गर्छ । ७. १० ग्राम करेलाको रसमा ६ ग्राम तुलसीको पातको रस मिसाएर दैनिक बिहान पिउनाले पनि मधुमेह नियन्त्रणमा राख्न सकिन्छ । ८. सकेसम्म मधुमेहका रोगीले करेलाको सेवन धेरै गर्नु ज्यादै लाभदायक मानिन्छ

0 comments

Write Down Your Responses