Welcome to ...

अमेरिका प्रवेश बारे यस्तो छ ट्रम्पको नयाँ नीति, बुझेर मात्रै जानुहोला read
वासिंटन। मुस्लिम बहुल देशबाट अमेरिका प्रवेश गर्ने व्यक्तिहरुमाथि रोक लगाउनेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो यसअघिको घोषणा केही राहत दिएका छन् । यद्यपि उनको नयाँ घोषणाको पनि मानव अधिकारकर्मीहरुले भने विरोध गरेका छन् । राष्ट्रपति ट्रम्पको नयाँ घोषणाका पाँच महत्वपूर्ण कुरा यी हुन् । १) यसपटक प्रतिबन्धित देशको सूचीमा ६ देश छन् । विदेश विभाग र रक्षा मन्त्रालयको सल्लाहमा इराकलाई यसमा सामेल गरिएको छैन । अहिले यो आदेश सिरिया, लिबिया, इरान, सोमालिया, सुडान र यमनमा लागु हुनेछ । २) यो आदेशमा यी देशहरुबाट अमेरिका जानेसँग यदि पहिले नै ग्रीन कार्ड या भिषा रहेछ भने उनीहरुलाई रोकिने छैन । यसअघि भिषा र ग्रीन कार्ड हुनेहरुलाई पनि रोकिएको थियो । जसका कारण संसारभरबाट ट्रम्पको विरोध भएको थियो । ३) सिरियाबाट जाने शरणार्थी जसलाई यसअघि नै स्वीकृत प्राप्त भएको थियो उनीहरुलाई रोकिने छैन साथै सिरियाली शरणार्थीलाई पनि अन्य देशबाट आउने शरणार्थीलाई जस्तै १ सय २० दिनको रोक भने लागु हुनेछ । पहिलेको आदेशमा यो अनिश्चितकालीन रोक थियो । ४) यसपटक यो आदेश घोषणा गर्नासाथ लागु हुनेछैन । घोषणा गरेको दश दिन अर्थात मार्च १६ देखि मात्रै लागु हुनेछ । यसबाट विमानस्थलमा हुने हंगामा कम हुने अपेक्षा गरिएको छ । ५) यसपटक प्रतिबन्धित मुस्लिम बहुल देशबाट इसाई शरणार्थीलाई आउन दिने छुट छैन । किनकी कुनै पनि अदालतले धर्म वा साम्प्रदायिकताबारे प्रश्न उठाउँदा ट्रम्प बच्न सक्नेछन् । यसअघि मुस्लिम बहुल देशबाट अमेरिका जान चाहने इसाईलाई सहज वातावरण थियो । राष्ट्रपति ट्रम्पको यसअघिको आदेशमा सात मुस्लिम बहुल देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध नै लगाइएको थियो । पछि अमेरिकाले इराकलाई आफ्नो प्रतिबन्धित सूचीबाट हटाएको थियो । उनको कदमविरुद्ध अमेरिकामै व्यापक विरोध भएको थियो भने आफ्नै पार्टी रिपब्लिकनमा समेत विरोध भएको थियो । पछिल्लो आदेशपछि भने रिपब्लिकन नेताहरुले विरोध गरेको सुनिएको छैन ।

0 comments

Write Down Your Responses