समाचार
»
मुसहर-बस्तीमा धुर्मुस-सुन्तलीको काम देखेर महजोडी 'चकित reed mor
मुसहर-बस्तीमा धुर्मुस-सुन्तलीको काम देखेर महजोडी 'चकित reed mor
महोत्तरी: शिलान्यास गरेको दुई महिना नपुग्दै धुर्मुस-सुन्तललीले एकीकृत नमुना मुसहर बस्तीमा ५० वटा पक्की घर बनाएर आर्थिक अभावकाबीच छाना छाउने काम गरेको देख्दा महजोडी सहितका कालाकारहरु छक्क परेका छन्

।
मह जात्रा हास्य कार्यक्रम लिएर देश दौडाहाको क्रममा शनिबार मुसहर बस्तीको निर्माण कार्यको अवलोकन गर्न बस्ती पुगेका हास्य कालाकार किरण केसी(रातामकैं), शिवहरी पौडेल, राजराम पौडेल, यमन श्रेष्ठ र माण्डवी त्रिपाठी निर्माण काम देखेर आश्चर्य चकित भए । बस्तीको निर्माण कार्य युद्धस्तरमा चलिरहेको बताउँदै हास्य कालकार मदनकृष्ण श्रेष्ठले भने, 'जे होस् काम गर्दा हुँदो रहेछ भन्ने प्रमाण हो मुसहर बस्तीको निर्माण । हाम्रो देशमा कसैले नगरेर देश नबनेको हो । गरे के हुन्न ? भन्ने उदाहरण धुर्मुस-सुन्तलीले देखाए छन् ।
भूकम्प गएको दुई बर्ष बितिसक्दा पनि सरकारले एउटा बस्ती बसाल्न नसकेको समयमा धर्मुस-सुन्तलीले तीनवटा बस्ती बनाइसकेको बताउँदै कालाकार मदनकृष्णको कुरामा हरिवंशले थपे, 'यो भन्दा राम्रो काम अरु के हुनसक्छ ?' निर्माण सुरु गरेको दुई महिना नपुग्दै घरको छानो छाउने काम त्यो पनि चन्दा संकलन गरेर, चानचुने कुरा होइन् । कलाकार हरिवंशको कुरा नसकिदैं मदनकृष्ण श्रेष्ठले बीचैमा भने, 'एक जनाले गर्दा अर्कोले खुट्टा तान्ने, अर्कोले गर्दा अर्कोले तान्ने, उसले गरे उसैले जस पाउँछ भन्ने सोचाईले देश बनेको छैन ।
'धुर्मुस-सुन्तलीले देशलाई खुशी बनाउने अभियान चलाएका छन् । 'छाना, नाना, खाना नपाएर देशका नागरिक पीडाले छट्पटाइ रहेको बेला धर्मुस-सुन्तलीले जनताका लागि ओत लाग्ने बास दिएर नागरिकलाई राहत प्रदानमा निरन्तर जुटिरहेको अर्का हास्य कालकार किरण केसी(रातामकै)ले बताए ।
'देशको सम्पपूर्ण कलाकारको नाम धुर्मुस–सुन्तलीले राखिदिएका छन् । यसमा हामीलाई हाम्रो पुस्ताप्रति गर्व लाग्छ' राता मकैले मुसहर बस्तीमा छाना छाउँदै गरेको घर देखाउँदै भने, 'धर्मुस सुन्तलीको काम गराईको व्यवस्थापन पक्ष, दक्षता र दिमागको एक जिब्रोले होइन् , हजार जिब्रोले पनि वर्ण गर्न सकिदैन । त्यति राम्रो काम उनीहरुले गरेका छन् । '
0 comments
Write Down Your Responses