Welcome to ...

मुगुमा मोबाइल वितरण गर्न टुँडिखेलमा फालियो मोबाइल reed mor
२१ फागुन, काठमाडौं । मुगुका विपन्न महिलाहरुलाई मोबाइल सेट वितरण गर्ने उद्देश्यले काठमाडौंमा मोबाइल फाल्ने प्रतियोगिता भएको छ । टुडिखेलमा शनिबार भएको मोबाइल फाल्ने प्रतियोगितामा करिब सय प्रतियोगि सहभागी थिए । आयोजक रोटरी क्लब अफ रुऽमतिले प्रतियोगिताबाट संकलित रकमले मोबाइलको पहुँच नपुगेका मुगुका स्थानीय महिलालाई मोबाइल सेट उपलब्ध गराइने जनाएको छ । प्रतियोगितामा सहभागी हुनेले प्रवेश शुल्कबापत एक हजार रुपैयाँ तिरेका थिए । आयोजकले प्रतियोगितालाई १४ वर्ष मुनि र त्यो भन्दा माथिका महिला र पुरुष गरी तीन भागमा विभाजन गरेर प्रतियोगिता गरेको थियो । हरेक समूहबाट सबैभन्दा टाढा मोबाइल फाल्नेलाई उपहार स्वरुप एउटा स्मार्टफोन प्रदान गरिएको छ । क्लबले यसअघि सन् २०१५मा पनि यस्तै प्रतियोगिता गरेको थियो । यसअघिको प्रतियोगितामा संकलित रकमबाट मुगुका ५० जना महिलालाई मोबाइल प्रदान गरिएको थियो । २०७३ फागुन २१ गते १८:११ मा प्रकाशित

0 comments

Write Down Your Responses