झापा पुगेका ओलीमाथि जनकपुरबाट बाबुरामको हमला reedmor
मधेशी जनजाती, थारु लगायतकालाई चुनावमा जाने वातावरण नबनाएसम्म चुनाव घोषणा गर्नु सत्ता लम्ब्याउनका लागि मात्र भएको उनको आरोप छ ।
भट्टराईले सीमांकन विना चुनाव असम्भव हुने भएकोले मधेसी मोर्चाले राखेको माग तत्काल पूरा हुनुपर्ने धारणा राखे ।
उनले सत्तामा रहेका माओवादी, कांग्रेस र विपक्षमा रहेका एमालेले भित्री रुपमा सत्ता समीकरण बनाइरहेको तर बाहिरि रुपमा भने चुनावको घोषणा गरेको आरोप लगाउँदै स्वतन्त्र चुनाव गराउनका लागि सर्वदलिय सरकारको आवश्यकता रहेकोमा जोड दिए ।
भट्टराईले नेपालको जग वसाल्ने मधेशी नै रहेको दाबी गर्दै मधेशी भन्दा ठुलो राष्ट्रवादी कोहि नभएको वताए ।
जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा भएको सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ३ सयको हाराहारीमा नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई पार्टी संयोजक बाबुराम भटराईले फुलमाला तथा अविर लगाएर पार्टी प्रवेश गराएका थिए


0 comments
Write Down Your Responses