Welcome to ...

अप्रिय घटना भए गृहमन्त्री निधिले दाेष लिनुपर्छः सचिव भट्टरार्इ reed mor
झापा– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा मधेशमा कुनै अप्रिय घटना भए त्यसको मुख्य दोषी गृहमन्त्री विमलेन्द्र निधि बन्ने छन्। ‘एमालेको अभियान शान्त र संयमित हुनेछ, हामीले सम्पूर्ण कार्यकर्ता पंक्तिलाई सोही अनुसार प्रशिक्षित गराएका छौं’, अभियानमा सहभागी हुन झापा आइपुगेका उनले शुक्रबार नागरिकन्यूजसँग कुरा गर्दै भने ‘तर, गृहमन्त्री स्वयम्ले उकासेका छन्। हामी चाहन्छौं कुनै अप्रिय घटना नहोस् । तर, केही भइहाल्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री विमलेन्द्र निधिले लिनुपर्नेछ ।’ संविधान प्रदत्त अधिकार उपयोग गरेर एमाले अभियानमा लागेको उल्लेख गर्दै सचिव भट्टराईले सुरक्षाको सम्पूर्ण प्रबन्ध राज्यले मिलाउनुपर्ने बताए। ‘यदि त्यसक्रममा कुनै घटना भए घटनालार्इ हामी अन्तर्राष्ट्रियकरण गर्छाैं र गृहमन्त्री निधिलाई एमालेले अपराधीकाे रूपमा चिनाउने छ। उनलाई यसको हेक्का रहोस् ।’ गहृमन्त्री निधिले मधेशमा अभियान भाँड्न उकासेको आरोप लगाउँदै एमालेले त्यसप्रति आपत्ति जनाउँदै आएको छ।

0 comments

Write Down Your Responses