जेलमै बसेर ‘फस्ट डिभिजन’ मा पाँच विषयको एमए reed mor
बानेश्वरमा जन्मेका लक्ष्मणले एसएलसीसम्म ६ वर्ष छात्रावास बसे । सुरुमा एलएलसीमा फेल भए । पछि दोस्रो श्रेणीमा पास भए । प्लस टुका लागि भीएस निकेतनमा भर्ना भए । यसबीचमा उनी कुलतमा फसे । चुरोट, गाँजासहितका लागूपदार्थसमेत सेवन गर्न थाले । यही कारण उनलाई परिवारले रिह्याबमा समेत राख्यो । उनी बीबीएका लागि भीएस निकेतनमै भर्ना भए ।
एक दिन कलेजकै साथीसाथीबीच कुटाकुट भयो । हतियारको पनि प्रयोग भयो । घटनालाई लिएर तीनकुने चौकीमा मुद्दा पर्यो । आफू पक्राउ पर्ने देखेपछि उनले अध्ययनका लागि लन्डन जाने तयारी गरे । अन्तर्वार्ताका लागि १० दिन बाँकी रहँदा प्रहरीले उनलाई पक्राउ गर्यो । लक्ष्मणलाई मीनभवनस्थित नापी विभागबाट एक सय तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको दाबी प्रहरीको थियो ।
‘लामो समय बोडर््स बसेकाले एसएसलीपछि म पिँजडाबाट फुत्किएको पक्षीजस्तै भएँ । उमेर र संगत पनि त्यस्तै थियो । लागूपदार्थका ग्राहक बढी कलेजकै विद्यार्थी थिए । कलेजमा झगडा परेको थियो । लन्डनमा अध्ययनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको थिएँ । तर अचानक लागूपदार्थ बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको भन्दै ममाथि मुद्दा चलाइयो । म लागूपदार्थ सेवन गर्थें । तर लागूपदार्थ बिक्री गर्दै हिँड्नुपर्ने मेरो पारिवारिक अवस्था थिएन । मलाई कसले फसायो, अझै बुझ्नसकेको छैन । बाहिर जान लागेको व्यक्ति कसरी लागूपदार्थ बिक्री गर्दै हिँड्छ ? ' उनले केहीबेरको मौनतापछि भने ।
उनले लामो समय आस मारेनन् जबसम्म मुद्दा जिल्ला अदालतमै थियो । उनलाई लागेको थियो फिल्ममा जसरी उनले पनि अदालतमा न्यायाधीशसामु बयान दिन पाउनेछन् र फैसला हुनेछ । ‘तर मैले त पेसीबारे जानकारी नै नपाईकन फैसला भयो', उनको गुनासो छ । ९९ ग्राम वा त्यसभन्दा कम ब्राउनसुगर बरामद भएको अवस्थामा उनलाई अधिकतम १० वर्ष जेल र ७५ हजार जरिबाना फैसला हुने थियो । उनले पुनरावेदनमा पनि मुद्दा हारे । सर्वोच्चमा ६ वर्षअघि गएको मुद्दामा भने फैसला हुन बाँकी छ ।
‘तर म जेल परिसकेको थिएँ । दिमागमा अनेक कुरा खेल्थे । उत्तिकै रिस पनि उठ्थ्यो । मैले आफूलाई शान्त बनाउनुको विकल्प थिएन', उनले भने । अधिकतम समय पढ्न थाले । उनको ध्यान पढाइमा मात्र केन्द्रित हुन थाल्यो । उनकै शब्दमा ‘पढाइले ध्यान डाइभर्ट गर्यो । यसरी पढाइको एडिक्ट भएँ ।' अचेल दैनिक औसत पाँच घन्टा पढ्ने गरेका छन् उनले । ‘त्यत्तिकै बस्दा दिमागमा अनेक कुरा खेल्नु स्वाभाविक थियो । त्यसैले पढ्न थालें । पढाइ थेरापीजस्तै भयो । वास्तवमा सुरुमा किन पढ्दै छु भन्ने पनि थाहा थिएन । तर पछि अरू काम पनि नहुँदा पढाइमै ध्यान केन्द्रित हुन थाल्यो', लक्ष्मणले भने ।
लक्ष्मणलाई जेलभित्रै बसेर एउटै विषयमा स्नातकोत्तर गर्नु पनि सजिलो थिएन । तर उनलाई परिवारले निकै ठूलो सहयोग गर्यो । साथीभाइले पनि साथ दिए । त्रिभुवन विश्वविद्यालयका ‘लेक्चरर' ले पनि साथ दिए । ‘कुन विषय पढ्ने भन्नेमा म सरहरूसँग कुरा गर्छु । केहीले जेलबाट फोन गरेको भनेर फरक व्यवहार पनि गर्छन्, त्यो थाहा भइहाल्छ ।


0 comments
Write Down Your Responses