अन्तरास्ट्रिय
»
ट्रम्प प्रशासनले विदेशी सहायतामा ‘भारी कटौती’ गर्ने reed mor
ट्रम्प प्रशासनले विदेशी सहायतामा ‘भारी कटौती’ गर्ने reed mor
ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता बजेटमा उल्लेखनीय कटौतीको प्रस्ताब गर्ने व्हाइट हाउसका बजेट निर्देशक मिक मुल्भनेले पुष्टी गरेका छन्।
एक हप्ता अघि रोयटर्स तथा अन्य अमेरिकि समाचार संस्थाहरुले अतर्राष्ट्रीय विकास नियोग (युएसएड्) र अमेरिकी विदेश विभाग (स्टेट डिपार्टमेन्ट) मा करीब एक तिहाई बजेट कटौती का लागी ट्रम्प प्रशासनले कांग्रेसमा प्रस्ताव गर्ने योजना रहेको समाचार प्रकाशित गरेका थिए।

‘हामी विदेशी सहायता कटौती गर्न प्रस्ताव पेश गर्दैछौ र हामी त्यो पैसालाई आफ्नै देशमा खर्च गर्न प्रस्ताव गर्नेछौ’ बजेट व्यवस्थापन कार्यालय, व्हाइट हाउसका निर्देशक मिक मुल्भनेले फक्स समाचार लाई शनिबार बताए। विदेशी सहायता बजेटमा भारि र आस्चर्यजनक कटौती हुने समेत उनले बताए। विदेशी सहयोगमा हुने कटौतीले प्रस्ताबित अमेरिकी सैन्य बजेट ५४ बिलियन अमेरिकि डलर विस्तारमा मद्दत मिल्ने समेत मुल्भनेले बताए। ‘यो संदेश स्पस्ट र सरल छ, बिदेशमा कम पैसा खर्च गर्ने र आफ्नो देशमा धेरै पैसा खर्च गर्ने’ मुल्भनेले अन्तरबार्तामा बताएका छन्। ट्रम्प प्रसासनले आगामी मार्च १५ मा बजेटको प्रस्ताब जारी गर्ने समेत निर्देशक मिक मुल्भने ले बताए।
संयुक्त राज्य अमेरिकाले आफ्नो विदेश विभाग तथा यूएसएड मार्फत बार्षिक ५० बिलियन अमेरिकि डलर भन्दा बढी खर्च गर्दछ भने पेन्टागनले बार्षिक ६०० बिलियन अमेरिकि डलर भन्दा बढी खर्च गर्दछ।
यो हप्ता क्यापिटल हिलमा धेरै रिपब्लिकनहरु ले समेत राज्य विभागमा गरिने कटौतीका बारेमा चिन्ता र चासो देखाए।
प्रकाशित मिति: सोमबार, फाल्गुण २३, २०७३ ००:११:२१
0 comments
Write Down Your Responses