Welcome to ...

बलात्कारी शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन 1
लक्ष्मण ढुंगाना, बर्दिया, १७ फागुन, बालिका बलात्कारको अभियोगमा पक्राउ परेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीहरुले आज बर्दियाको राजापुरमा प्रदर्शन गरेका छन् । ज्ञानको ज्योती छर्ने शिक्षकबाटै ६ वर्षीय नाबालिका बलात्कार हुँदा आम बालबालिका असुरक्षित भएको भन्दै उनीहरुले कारवाहीको माग गरेका हुन् । बलात्कारीलाई कारवाही गर, कानून सबैको लागि समान हो, यस्तो शिक्षक चाहिँदैन लगायत नारा लगाउँदै विभिन्न विद्यालयका विद्यार्थीहरुले राजापुर बजारको परिक्रमा गरेका थिए । अमर शहिद श्री दशरथ चन्द उच्च मा.वि. राजापुरमा कार्यरत ५४ वर्षीय शिक्षक दिवाकर उपाध्यायले शुक्रबार राती साढे सात बजे तिर एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । उपाध्यायमाथि बालिकालाई ललाई फकाई विद्यालयको प्राङ्गणमा करणी गरेको आरोप छ । उनीउपर जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । छ वर्षीय नाबालिकामाथि शिक्षकबाटै भएको बलात्कारको घटनाले राजापुर क्षेत्र यतिबेला स्तब्ध भएको छ । आमअभिभावकहरु आफ्ना बालबालिकाहरु असुरक्षित भएको भन्दै त्रसित भएका छन्

0 comments

Write Down Your Responses