समाचार
»
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन अस्वीकार्य1
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन अस्वीकार्य1
काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन अस्वीकार्य भएको बताएको छ । संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले संविधान संशोधन विना घोषणा भएको स्थानीय निकायको निर्वाचन अस्वीकार्य हुने बताएको हो ।
सरकारले वैशाख ३१ मा स्थानीय निकायको निर्वाचन घोषणाको विरोधमा गठबन्धनले सशक्त आन्दोलन गर्ने निर्णय पनि गरेको छ । बैठकले भावी आन्दोलनका कार्यक्रम तय गर्न फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा बृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती रहेका छन् ।
संघीय गणतन्त्र मानिसकेपछि स्थानीय तहको निर्वाचन केन्द्रीय सरकारले गराउन नमिल्ने गठबन्धनको ठहर छ । यस्तै सरकारले ल्याएको संविधान संसाधेन विधेयकले मधेशी, आदिवासी, जनजातीका मुद्धा सम्वोधन नगर्ने भन्दै सरकार मुलुकमा द्धन्द अन्त्य गर्न भन्दा पनि बढवा दिन उद्धत रहेको गठबन्धनको आरोप छ
0 comments
Write Down Your Responses