समाचार
»
पेट्रोलियम पदार्थको चरम अभाव1
पेट्रोलियम पदार्थको चरम अभाव1
नेपाल आयल निगमले सहज रूपमा आपूर्ति गर्न नसक्दा सुनसरीमा पेट्रोल र डिजेल चरम अभाव भएको छ । निगमको क्षेत्रीय कार्यालय विराटनगरले सुनसरी जिल्लालाई मागअनुसार डिजेल र पेट्रोल उपलब्ध नगराएका कारण जिल्लाका विभिन्न स्थानमा डिजेल र पेट्रोलको अभाव भएको हो । १५ दिनदेखि पेट्रोल ढुवानी मजदुरको हडतालका कारण ठप्प भएको पेट्रोलियम पदार्थको अभाव मजदुरले हडताल फिर्ता लिँदासमेत सहज हुन सकेको छैन
।
निगमका क्षेत्रीय प्रमुख दिनेश यादव व्यवसायीको लापरबाहीका कारण अभाव भएको दाबी गर्छन् । धरानको हिमालयन पम्पका सञ्चालक सुनिता केसीले आयल निगमले व्यवसायीलाई समान रूपले डिजेल र पेट्रोल उपलब्ध नगराएका कारण पनि समस्या आएको आरोप लगाइन । सुनसरीको धरान, इटहरी, झुम्का, इनरुवालगायतका स्थानमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।
पेट्रोलियम पदार्थ अभावमा सवारीसाधन सञ्चालनमा पनि समस्या आएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोसी अञ्चलका उपाध्यक्ष लक्ष्मी बानियाँले पेट्रोलियम पदार्थ अभावका कारण सुनधरीबाट पूर्वी पहाडी र तराईका जिल्लासम्म यातायात सञ्चालनमा समस्या आएको बताए । सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी राजेश गिरीले पेटो«लियम पदार्थ आपूर्र्ति सहज बनाउन आयल निगम र व्यवसायीबीच छलफलको प्रयास भैरहेको बताए ।
0 comments
Write Down Your Responses