समाचार
»
एक दिनका लागि’ संशोधन विधेयकमाथि छलफल गर्न दिने एमालेको घोषणा1
एक दिनका लागि’ संशोधन विधेयकमाथि छलफल गर्न दिने एमालेको घोषणा1
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र उसको नेतृत्वको ९ दलीय गठवन्धनले एक दिनका लागि संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल गर्न दिने घोषणा गरेको छ ।
संसदको बैठक सुरु भए लगतै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले विशेष समय लिएर बोल्दै संशोधन प्रस्ताव अघि नबढाउन आग्रह गरे । सरकार र दलहरु चुनावमा केन्द्रीत हुनु पर्ने बेला संशोधन प्रस्ताव अघि बढाउँदा संसद र जनता विभाजित हुने भन्दै ध्यानाकर्षण गराए ।
उनले संशोधन प्रस्ताव पास हुन नदिने आफूहरुको अविचलित अडान रहेको बताए ।
सत्ता पक्षले नै संशोधन पास नभए मान्दैनौं भनेको उल्लेख गर्दै उनले त्यसपछि के हुन्छ भनेर सरकारले संसद र आफूहरुलाई आवस्त बनाउन नसकेको बताए ।
उनले भने, आजका लागि हामी अवरोध गर्दैनौं । मौन बस्छौं । छलफलमा भाग लिन्नौं ।’
२०७३ फागुन १२ गते १५:५१ मा प्रकाशित
0 comments
Write Down Your Responses