Welcome to ...

चुनाव ‘भाँड्न’ खोज्ने बाबुराम र उपेन्द्रको पार्टीमाथि निर्वाचन आयोगले थाल्यो कारवाही1
काठमाडौं, १३ फागुन । चुनाव स्थगित गर्न माग गर्दै विज्ञप्ति निकालेका नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल पार्टीमाथि निर्वाचन आयोगले कारवाही प्रक्रिया अगाडि बढाएको छ । विहिबार नयाँ शक्तिका बाबुराम भट्टराई र समाजवादी फोरमा उपेन्द्र यादले संयुक्त विज्ञप्ति जारी गर्दै संविधान कार्यान्वयनका अपरिहार्य वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन मिति स्थगित गर्न माग गरेका थिए । त्यसैदिन गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले नयाँ शक्तिसहित चुनाव भाँड्न बाबुरामसँग सहकार्य गरेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममाथि कारवाही स्वरुप जरिवाना गर्ने जनाएको छ । नयाँ शक्ति र समाजवादी फोरमसहित विभिन्न ३० दलले अहिलेसम्म वार्षिक आय ब्यय विवरण नबुझाएकाले आयोगले जरिवाना गर्न लागेको हो । आयोगले कारवाहीअन्तर्गत राजनीतिक दलहरुलाई स्पष्टिकरण पेश गर्ने सम्बन्धी सूचना प्रकाशित गरी नयाँ शक्ति पार्टीसहितका ३० वटा पार्टीहरुसँग एक सय रुपैयाँ जरिवाना किन नगर्ने भनी स्पष्टीकरण समेत माग गरेको छ । आयोगमा दर्ता भएका दलले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय ब्यय विवरणको वार्षिक प्रतिवेदन आयोग समक्ष पेश गर्नुपर्ने व्यबस्था छ । तर, आर्थिक वर्ष २०७२–७३ को विवरण ढिलो पेश गरेकोले राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा १६ बमोजिम एक सय रुपैयाँ जरिवाना किन नगर्ने र नगर्नु पर्ने कुनै आधार भए तीन दिनभित्र अर्थात् फागुन १४ गतेभित्र स्पष्टीकरण पेश गर्न भन्दै आयोगले सूचना जारी गरेको हो । आयोगले स्पष्टीकरण सोधेका दलहरुमा नयाँ शक्ति पार्टी नेपालसहित उपेन्द्र यादब नेतृत्वको संघीय समाजबादी फोरम नेपाल, राजकिशोर यादबको मधेसी जनाधिकार फोरम गणतान्त्रिक र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट लगायत १२ वटा दलहरु छन् । आयोगले अहिलेसम्म आय ब्ययको विवरण नबुझाएका विभिन्न १८ दललाई पनि स्पष्टीकरण सोधेको छ । जसमा सांसद हरिचरण साहको जनता दल, चुरे भावर पार्टीका दुबै गुट पनि छन्

0 comments

Write Down Your Responses