गाउँलेबाट1 चन्दा संकलन गरी शिक्षकलाई तलब
विद्यालयमा ६ जना विद्यालयले निजी स्रोतमा राखेको र उनीहरुलाई दिने तलब गाउँले र सामुदायिक वनबाट उठाउने गरेको रानाले जानकारी दिए। प्रतिघर वार्षिक रु ८०० र रिठेकोट, धर्मशाला सामुदायिक वनबाट अपुग रकम ल्याएर छ जना शिक्षकलाई तलब दिएर विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ।
हाल विद्यालयमा दरबन्दीमा तीनजना मात्र शिक्षक रहेका छन्। “दरबन्दीमा तीनजना मात्र शिक्षक छन्, राहत एकजना, बाल विकास एकजना र अन्य एकजना शिक्षक”-रानाले भने।
विद्यालयमा १५० जना विद्यार्थी रहेका छन्। पटकपटक जिल्ला शिक्षा कार्यालयमा शिक्षकको माग गरिए पनि सरोकार निकायहरु त्यसबारे जानकारी गराउँदा कहीँ कतैबाट सुनुवाइ नभएको प्रधानाध्यापक रानाले बताए।
भौगोलिक विकटताका कारण पछाडि परेको तुलसीपुर-७ मा रहेको यस विद्यालयको भवन जीर्ण रहेको छ। कक्षा कोठाको अभावमा १ र २ कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउन बाध्य भएको विद्यालयले जनाएको छ। रासस


0 comments
Write Down Your Responses