Welcome to ...

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटिले जारी गरेको नयाँ निर्देशनमा के छ?1
अमेरिकाको गृह मन्त्रालय मानिने डिपार्टमेन्ट अफ होमलाण्ड सेक्युरिटिले मंगलबार सीमा सूरक्षा र आप्रवासी कानून सम्बन्धी दुई वटा निर्देशन जारी गरेको छ। निर्देशनमा सीमा सूरक्षामा कडाई गर्नुको साथै आप्रवासी कानूनलाई कडाईका साथ कार्यायान्वयन गर्न आदेश दिईएको छ। त्यसका लागि आवश्यक पर्ने थप एजेन्टहरू पनि भर्ना गर्ने जनाईएको छ। जनवरीको अन्त्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी आप्रवासी प्रतिबन्ध सम्बन्धि कार्यकारी आदेश कार्यान्वन नगर्न अमेरिकी अदालतले दिएको फैसला पछि यो सरकारले नयाँ निर्देशन जारी गरेको हो। होमल्याण्ड सेक्युरिटिका सेक्रेटरी जोन केलीद्वारा बिभिन्न एजेन्सीका प्रमुखहरुलाई लेखिएको उक्त निर्देशनमा कागजात नभएका गैरकानूनी आप्रवासीलाई बढार्न नयाँ निर्देशन जारी गरिएको जनाईएको छ। साथै निर्देशनलाई तत्काल कार्यान्वयन गर्न पनि आदेश दिइएको छ।

0 comments

Write Down Your Responses