Welcome to ...

आजदेखि थोत्रा गाडी गुडाउन प्रतिवन्ध लाग्यो, गुडाए जफत गरिने 1
काठमाडौं, १८ फागुन, सरकारले २० वर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन आज बुधबारबाट निषेध गरेको छ । थोत्रा गाडी वातावरण प्रदूषण वृद्धि एवम् सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो। यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता टोकराज पाण्डेले २० वर्ष नाघेका कालो नम्बर प्लेट (भाडा)का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो बुधबारदेखि स्वतः अवैधानिक हुने बताएका छन्। (नागरिक दैनिकबाट)

0 comments

Write Down Your Responses