Welcome to ...

माओवादी नेता अनन्तलाई थप उपचारका लागी बैंकक लगिँदै1
काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तलाई थप उपचारका लागी बैंकक लगिने भएको छ ।अघिल्लो सातादेखि भाईरल ज्वरोका कारण राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत नेता पुनको बमिट नरोकिएपश्चात बैंकक लैजान लागिएको हो केही महिनाअघि बंशानुगत जण्डिश रोगबाट पिडित पुनको उपचार बैंककमा भएको थियो । उनी बैंकमा नियमित चेकका लागी जानुपर्ने समयमै विरामी परेको पुनकी बहिनि सुशिलाले बताईन् । नियमित चेक पनि हुने र ज्वरो घटेपनि बमिट नरोकिएकाले के कारण भएको हो भन्ने पनि पत्ता लगाउन सजिलो हुने कारण बैंकक लैजान लागिएको हो । ग्राण्डीको चेकजाँचमा भने जण्डिश देखिएको छैन ।आइतबार दिउँसो २ बजे उनलाई बैंकक लैजाने कार्यक्रम छ । उनको साथमा जीवनसंगिनि तथा सभामुख ओनसरी घर्ति सँगै जानेछिन् ।

0 comments

Write Down Your Responses