Welcome to ...

महाशिवरात्रि पर्वमा पाशुपत क्षेत्रलाई लागू औषध मुक्त बनाउन आवश्यक1
काठमाडौं । शिवरात्रिमा पशुपति क्षेत्रलाइ लागूऔषध रहित बनाउने भनिए पनि पाशुपत क्षेत्रमा बालबालिकाले लुकामारी खेले जस्तो गरिरहेका छन् पुलिस र गाँजा खोज्ने र बेच्नेहरु । शिवरात्रिमा शिवजीको प्रसाद भन्दै गाँजा, भाङ, धतुरो लगायतका लागू पदार्थको प्रयोग गर्ने कतिपय युवाहरु दुव्र्यसनीमा फस्ने समेत गरेका छन् । गाँजाले साइकोसिस अर्थात् कडा खालको मानसिक रोग देखिने र बिभिन्न रोगका औषधिले समेत काम नगर्ने भएकाले चाडपर्बको नाममा यस्ता लागुऔषधबाट टाढै रहन चिकित्सकको सुझाव छ । गाँजामा त्यस्तो के छ ? जसको सेवनले मानिसको स्वभावलाई क्षणभरमै परिवर्तन गरिदिन्छ ? यो सबैलाइ चासो लाग्ने कुरा हो मस्तिस्कमा प्राकृतिक रुपमा पाइने क्यानाविनोइड भन्ने रसायन हुन्छ । जसले विचार सोचाई तेजिलो तिखो बनाउने काम गर्छ । गाँजामा पनि ६० भन्दा बढी अलग प्रकारका क्यानाबिनोइड पाइन्छ । गाँजामा पाइने यो क्यानाबिनाइड रसायनले बाहिरी बाताबरणलाई प्रभावलाई खुम्च्याएर आफ्नो प्रभावलाई फैलाउछ । जसका कारण मानिस एकाग्र बन्न पुग्छ । त्यहि अवस्थालाई हामी नसा लागेको भन्छौँ । यति मात्र नभई क्यानाबिनोइडले निन्द्रा, भोक, प्यास, भावना आदिमा पनि प्रभाव पार्छ जसको कारण कोही सुतीहरने, कोही भोक लाग्यो भनिरहने कोही हाँसिरहने, कोही रोइरहने आदि कसराहरु सुन्नमा आउँछन् । जब गाँजा लाई धुवाँमा तानिन्छ, यसका रसायनिक तत्वहरू रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा पुग्दछन् । यो दिमागको ती भागहरूमा गाँजाको असरले हुन्छ जुन भागहरूले भावना, सोचाई र अनुभुति नियन्त्रण गर्दछन् । गाँजा सेवनले डिप्रेसन या आत्तिने रोग गाँजा सेवन नगर्नेहरूको भन्दा पांच गुणा बढी देखिने हुन्छ । त्यस्तै १५ वर्षको उमेर अगाडि गाँजा सेवन गर्न सुरु गरेका व्यक्तिहरूमा २६ वर्ष पुग्दा नपुग्दै साइकोसिस अर्थात् कडा मानसिक रोग लाग्ने सम्भावना ४ गुणा बढी देखिछ । यदी उपचारसगै गाँजा या भांगको प्रयोग गरिरहेमा औषधिले समेत राम्रो काम गर्दैन । र गाँजा सेवनकर्ताहरुलाई अन्य स्वास्थ्य समस्या देखिएको खण्डमा कुनै पनि औषधिहरुले काम नगर्ने चिकित्सकहरु बताउँछन् ।

0 comments

Write Down Your Responses