'संविधान संशोधन कुनै हालतमा हुन दिन्नौं'1
निर्वाचन हुन नदिन संसद स्थगित गरेर विरोधमा लागेको उनको आरोप छ। ओलीले संघिय प्रादेशिक सभाको निर्वाचन आगामी कात्तिक अन्तिम सातासम्ममा जसरी पनि गरिसक्ने गरि एमाले लागेको उनको भनाई छ।
संविधान संसोधन र निर्वाचनका विषयमा आज दिउँसो बस्ने संसदको बैठकमा एमाले खरो रुपमा उत्रने भन्दै संविधान संसोधनको कुरा उठाए कुनै हालतमा संसद चल्न नदिने उनले चेतावनी दिए।
कांग्रेस माओवादी केन्द्रलाई लक्षित गर्दै उनले विदेशीको शाहारामा चल्ने पार्टी भएकको बताए। उनले भने, 'हाम्रा देशमा यस्ता पनि राजनीतिक पार्टीहरु छन जुन नेपालमा केही गर्नु परे पनि विदेशीलाई सोध्न पुग्छन्। उनिहरुले गर भने गर्छन् नगर भने लुरुक्क परेर आफ्नो बाटो लाग्छन्।'
उनले विदेशीको इसारामा अब देशमा कुनै पनि हालतमा राष्ट्रियता हितविपरीतको काम गर्न नदिने उद्घोष गरे। राष्ट्रको विकासमा अव एमालेलाई कसैले पनि छेक्न नसक्ने उनले बताए। यसका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा एमालेले स्पष्ट नीति लिएको बताए।
ओलीले मधेशवादी दलहरुलाई लक्षित गर्दै साम्प्रादायिकतामा गरीने राजनीति नेपाली जनताले कुनै हालतमा नस्विकार्ने जनाए। मधेशबादी दलहरु लोकतन्त्रको विरोध गर्दै गणतन्त्र मास्ने खेलमा लागेको भन्दै त्यस्ता गतीविधि रोक्न एमाले जनताको पक्षमा उभिने धारणा राखे।
उता एमालेलाई मधेशमा प्रवेश निषेध गर्ने भन्ने मधेशवादी दलहरुको भ्रमलाई चिर्दै उनले मधेशका बारेमा एमाले स्पष्ट धारणा लिएर जाने प्रष्ट पारे।अर्को एक प्रसंगमा उनले भारतले नाका बन्दी गरेर देशमा अफ्ठेरो पारेपछि आफुले हिन्दमहासागरमात्र नभएर प्रशान्त महासागरबाट पनि दुनिया जान सक्ने गरी चिनसंग जोडीने नाका खुलाएको बताए।
'अब भारतले नाका थुनेर केही हुँदैन्। अब हामी चिनबाट पनि दुनिया जान सक्छौं,' उनले थपे। भारतले हिन्दु राज्य र राजतन्त्र फर्काउने उद्देश्यले नेपालमा बेलाबेलामा दुःख दिएको जनाउँदै अब कुनै पनि शक्तिले गणतन्त्र मास्न र राजतन्त्र फर्काउन नसक्ने चेतावनी दिए।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले केही समयमानै अव देशमा विकासको मुहार फेरीने जनाए। उनले आफुले भने जस्तै पूर्व पश्चिम रेल, हुलाकी राजमार्ग जस्ता देशका लागि महत्वपूर्ण मानिने विकासले गती लिने जनाए।
ओली सिन्धुली आएको थाहा पाएपछि विरोधमा आएका हेटौंडा-सिन्धुली-गाइघाट सडक र वीपी राजमार्ग पीडितहरुलाई सम्बोधन गर्दै आफूले सडकले मिच्ने घर जग्गाको संरक्षण र बैकल्पीक मार्गका लागि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवासंग छलफल गरेर भोलीनै टुङ्गाउने विश्वास दिलाए।


0 comments
Write Down Your Responses