समाचार
»
मधेसी मोर्चालाई बाबुरामको प्रस्तावः मिलेर आन्दोलन गरौं1
मधेसी मोर्चालाई बाबुरामको प्रस्तावः मिलेर आन्दोलन गरौं1
नयाँ शक्ति पार्टी नेेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेसी मोर्चासामू संयुक्त आन्दोलन गर्ने प्रस्ताव राखेका छन् ।
भट्टराईले र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बिहीबार नै संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख ३१ का लागि घोषणा भएको स्थानीय चुनाव स्थगित गर्न माग गरेका छन् । लगतै भट्टराईले मधेसी मोर्चाका नेताहरुलाई पार्टी कार्यालय बबरमहलमा बोलाएर छलफल गरे ।
बैठकमा भट्टराईले अब अलमलिएर बस्न नहुने भन्दै साझा धारणा बनाएर अघि बढ्न प्रस्ताव राखेको रामसपाका महासचिव केशव झाले जानकारी दिए ।
मधेसी मोर्चाका नेताहरुले भने ठोस जवाफ दिएका छैनन् । नेता झाका अनुसार मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठक भोलि ११ बजे बोलाइएको छ ।
सरकारले संविधान संशोधन नगरी स्थानीय चुनाव घोषणा गरेको भन्दै मधेसी मोर्चाले आन्दोलन थालेको छ ।
२०७३ फागुन १२ गते १४:१८ मा प्रकाशित
0 comments
Write Down Your Responses