भारतले एकसाथ गर्यो १०४ उपग्रहको प्रक्षेपण
भारतीय सञ्चारमाध्यमले पीएसएलवी-सी ३७को प्रक्षेपण गरेर अमेरिका, रुस र चीनलाई ठूलो झट्का दिएको दाबी गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रक्षेपण गरेको एक सय चार उपग्रह २८ मिनेटभित्र तीव्र गतिमा ५०५ किलोमिटर धुव्रीय सौर्यकक्षमा तैनाथ भइसकेको छ।
यता, इसरोका अधिकारीका अनुसार यो मिसनलाई एउटा अवसर र चुनौती दुवैको रुपमा लिइएको छ भने लिफ्ट बन्द भएपछि दुई स्वदेशी उपग्रह (भारतको) कार्टोसेट २ श्रृंखला पछि सौर्य कक्षमा पुग्नेछन्।
धुर्वीय उपग्रह प्रक्षेपण यानले आफ्नौ ३९ औ उडानमा (पीएसएलवी-C37 भित्र) १ सय ३ सहयात्री उपग्रहसँगै पृथ्वी अवलोकनका लागि ७१४ किलो कार्टोसेट २ श्रृङखला उपग्रहको समेत सुरुवात गरिएको छ।
इसरोले भनेको छन्, 'यो सहयात्री उपग्रहमा १ सय १ सना उपग्रह स्याटालाइट समेत समावेश गरिएका छ जसमा स्राइल, कजाकिस्तान,नेदरल्याण्ड, स्विटजरल्याण्ड, युएई तथा बाँकी ९६ स्याटालाइट अमेरिकाको राखिएको छ। यसका साथै भारतको थप दुई उपग्रह पनि संलग्न छन्।'
यसअघि भारतले गत जुन महिनामा २० वटा स्याटालाइट प्रक्षेपण गरेर राष्ट्रिय कीर्तिमान बनाएको थियो। जसमा १३ वटा अमेरिकी स्याटालाइट समेत समावेश गरिएको थियो।


0 comments
Write Down Your Responses