Welcome to ...

नेमार भन्छन्–बार्सिलोना च्याम्पियन्स लिगको अघिल्लो चरण पुग्ने सम्भावना एक प्रतिशतमात्रै छ
काठमाडौंः च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले अप्रत्यासिक नजिता व्यहोर्नु पर्‍यो। फ्रान्सको पेरिसमा मंगलबार भएको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्टार खेलाडीले भरिएको बार्सिलोनालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्यो। योसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटलबको क्वाटरफाइनल प्रवेशको सम्भावना कठिन बनेको छ। बार्सिलोनाका स्ट्रार खेलाडी नेमारले बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अघिल्लो चरण प्रवेशको सम्भावना एक प्रतिशतमात्रै रहेको बताएका छन्। इन्स्टाग्राममा बार्सिलोनाको अघिल्लो चरण प्रवेशबारे नेमारले लेखेका छन्,‘हामी अघिल्लो चरण प्रवेशको सम्भावना एक प्रतिशत छ भने, ९९ प्रतिशत बाहिरिने खतरा छ।’ बार्सिलोनामात्रै होइन अहिलेसम्म कुनै पनि टोली पहिलो लेगमा ४–० गोल अन्तरले पराजित भएपछि खेलमा पुनरागमन गर्दै अघिललो चरण प्रवेश गर्न सकेका छैनन्। बार्सिलोनाको अघिल्लो चरण प्रवेशको सम्भावना निकै न्यून छ। च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटर फाइनलको दोस्रो लेग बार्सिलोनाले पीएसजीसँग आफ्नै घरेलु मैदान नाउ क्याम्पमा खेल्नेछ।

0 comments

Write Down Your Responses