Welcome to ...

प्रचण्डकै कारण मुलुक संकटमा फस्दै
काठमाडौं, ३ फागुन । निर्वाचनमार्फत् संविधान कार्यान्वयन गर्दै मुलुकलाई स्थायित्व दिने जिम्मेवारी बहन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार एक कार्यक्रममा भने, ‘लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धि गणतन्त्र, संघीयता, र धर्मनिरपेक्षता उल्ट्याउने खेल हुँदा मुलुक गम्भीर दुर्घटनाको संघारमा पुगेको छ ।’ दृष्टि साप्ताहिकले समाचार छापेको छ । उनले अगाडि थपे, ‘यो प्रधानमन्त्रीको भनाइ हो, मुलुक ठूलै दुर्घटनाको संघारमा छ । लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको चलखेल र ध्रुबीकरण पनि व्यापक रुपमा अघि बढिरहेको छ । दक्षिणपन्थहरू हावी भइरहेका छन् ।’ प्रधानमन्त्री दाहालले माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित २२औँ जनयुद्ध दिवसका अवसरमा त्यसो भनेका थिए । तर, पटकपटक उपलब्धी सिध्याउने खेल भइरहेको दोहोराएका दाहालले आफू प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको र संविधान कार्यान्वयन गर्दै परिवर्तन संस्थागत गर्ने पहिलो जिम्मेवारी पनि आफ्नै भएको कुरालाई भने चटक्कै बिर्सिए । हो, दाहालले भने जस्तै मुलुक संकटको सम्मुख छ । तर, यो संकट अरु कसैका कारण होइन, स्वयं दाहालका कारण उत्पन्न भएको हो । २०७४ साल माघ ७ भित्र स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधान व्यवस्थाबारे ज्ञान हुँदा हुँदै फागुन लागिसक्दा पनि निर्वाचनको मिति घोषणा नगरेर दाहाल स्वयंले मुलुकलाई संकटतर्फ धकेलिरहेका छन् । उनकै पार्टीका नेताहरूले समेत विदेशी षड्यन्त्रको गोटी बनेर दाहाल परिवर्तन सिध्याउने खेलमा लागेको आरोप लगाउन थालेका छन् ।

0 comments

Write Down Your Responses