आजको रासिफल – बि.स.२०७३ फाल्गुन ०५ गते । बिहिबार । ईश्वी सन् २०१७ फेब्रुवरी १६ तारिख । नेपाल सम्बत् १९३७

बि.स.२०७३ फाल्गुन ०५ गते । बिहिबार । ईश्वी सन् २०१७ फेब्रुवरी १६ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । फाल्गुन कृष्ण पक्ष । तिथि पञ्चमी,२ घडि ३२ पला,बिहान ७ बजेर ४३ मिनेट उप्रान्त षष्ठि । नक्षत्र चित्रा,१८ घडि ४१ पला, दिउँसो १४ बजेर ११ मिनेट उप्रान्त स्वाति । काठमाडौंमा सूर्योदय ०६ बजेर ४२ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५५ मिनेट जादा । दिनमान २८ घडी ०१ पला । चन्द्ररासि तुला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । शुभ अंक — १,४ शुभ दिशा — दक्षिण शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा)
ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ भने नयाँ सिर्जनात्मक काम गर्ने जोस जागर बढेर आउँनेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ भने अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । शुभ अंक — २,५ शुभ दिशा — उत्तर शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ देवमाताय नम
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)
बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझउनु पर्नेछ । अध्ययन अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले बिग्रने तथा नतिजा अरुकै पोल्टोमा पर्नेछ । बाहिरि बाताबरणमा घुलमिल हुन नसक्दा सामान्य स्वस्थ्य सम्बन्धि समस्या बढ्नेछ । प्रेम प्रशङमा शंका तथा अबिश्वास सिर्जना हुनेछ भने तपाईको दाम्पत्य जीवन बिगार्न आफन्त तथा घर भित्रकै मानिसहरु लागि पर्नेछन् । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ भने व्यापार व्यावसायमा अलि बढि समय खर्चिनु पर्नेछ । शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा,आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । शुभ अंक —१,४ शुभ दिशा — पुर्व शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
सिहं (मा, मी, मू ,मे, मो, टा, टी, टू ,टे)
बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । शुभ अंक — १,५ शुभ दिशा — पुर्व शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
कन्या (टो, पा,पी,पु,ष,ण,ठ,पे,पा)
बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । शुभ अंक —३,६ शुभ दिशा — दक्षिण शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
राजनिति तथा सामाजिक क्षेत्रमा आज तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाज बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ । जनचाहाना अनुशार काम हुँने हुँनाले मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सत्रु परास्त भएर जानेछन् भने प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुँने तथा तपाईको सरल जिवन शैलि आफन्त,साथिभाई तथा छिमेकिहरुका लागि चासोको बिषय बन्नेछ । वनभोज तथा मांगलिक सभा समारोभमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । शुभ अंक — १,७ शुभ दिशा — उत्तर शुभ रंग — सेतो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू)
स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जाने योग रहेको छ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । शुभ अंक — २,५ शुभ दिशा — दक्षिण शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ । शुभ अंक —१,५ शुभ दिशा — पुर्व शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी)
नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । शुभ अंक — १,७ शुभ दिशा — पश्चिम शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
कुम्भ (गू ,गे,गो,सा,सी,सू ,से,सो,दा)
सामाजिक तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । ईज्जतिलो काम गरि कार्यक्षेत्रमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापन पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्न सक्नेछन् । पुराना तथा आत्मिय मित्रहरु सँगको भेटघाटले दिन रंगिन बन्नेछ । धर्म,सस्कृति तथा रितिरिवाजमा जोगाउँने कार्यमा समय खर्चनु पर्ने हुनसक्छ । भाग्यले साथ दिने हुँनाले थोरै लगानि गर्दा पनि व्यापार व्यावसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ । शुभ अंक — २,७ शुभ दिशा — पुर्व शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । शुभ अंक —४,८ शुभ दिशा — दक्षिण शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम र


0 comments
Write Down Your Responses