मलेसियाद्वारा उत्तर कोरियालाई दिँदै अाएको 'भिषा फ्रि इन्ट्री' खारेज 1
मलेसियाको सरकारी समाचार संस्था बेर्नपाका अनुसार मार्च ६ देखि मलेसियाले 'भिषा फ्री' प्रवेशको व्यवस्था खारेज हुनेछ।
उप प्रधानमन्त्री अहमद जाहिद हमिदिले उतर कोरियाली नागरिकमाथि यस्तो कडा खालको नियम अभावले किमको हत्या भएको बताए। यो व्यवस्थाले मलेसियामा अपराध मौलाउनमा ठाउँ दिएको उनको भनाइ थियो।
मलेसियाली उत्तर कोरियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। मलेसियाका लागि उत्तर कोरियाली राजदूतले घटना अर्धसत्य भएको एवं राजनीतिकरण गरिएको बताएका छन्। कोरिया सरकारले आधिकारिक रुपमा यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।
गत साता नामको मलेसियाली विमानस्थलमा हत्या भएको थियो। हत्या अभियोगमा प्रहरीले दुई महिला पक्राउ गरेर छानवीन गरिरहेको छ। घटनामा संलग्न चार उत्तर कोरियाली प्रहरी खोजीको सूचिमा छन्।


0 comments
Write Down Your Responses