Welcome to ...

विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् 1
२० फागुन, काठमाडौं । काठमाडौंमा दुईदिनसम्म चलेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा अनुमान गरिएभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको प्रतिवद्धता आएको छ । सरकारले लगानी सम्मेलनबाट १ खर्ब जुट्ने अनुमान गरेकोमा लगानी प्रतिवद्धता भने १३ खर्ब ५२ अर्ब (१३.५२ बिलियन डलर) को आएको हो । विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । स्वदेशी लगानीकर्ताहरुले पनि नयाँ ठूला परियोजनाहरुमा लगानीका लागि तत्परता देखाएको आयोजना राष्ट्रिय लगानी बोर्डले उल्लेख गरेको छ । त्यसअुसार झण्डै १३ खर्ब रुपैयाँको लगानी प्रतिद्धता जुटेको हो । विभिन्न राजनीतिक दलबाट लगानीलाई सहयोग गर्ने गरी आएको सामूहिक प्रतिबद्धता, लगानीमैत्री नयाँ संविधान र देशमा वर्षौदेखि रहेको उर्जा संकट निवारणउन्मुख भएपछि पनि नेपाल लगानीका लागि उत्सहा देखिएको बोर्डले जनाएको छ । विशेषगरी उर्जा, यातायात, कृषि, पर्यटन र सूचना तथा प्रविधि लगायताका पुर्वाधार क्षेत्रमा लगानीका लागि प्रतिबद्धता आएको छ । सरकारले सम्मेलनमा उपस्थित लगानीकर्तालाई नेपालमा आउन उचित वातावरण रहेको भन्दै आह्वान गरेको थियो । नेपालको प्रक्रियागत झण्झटलाई हटाउन आग्रह गर्दै कार्यक्रममा उपस्थित लगानीकर्ताहरुले सहज वातावरण बनेमा आफु नेपाल आउन तयार रहेको बताए । लगानीकर्ताहरुले सरकारी संयन्त्रबीचको समन्वय अभावका कारण सबैभन्दा बढी समस्या हुने गरेको भन्दै त्यसलाई फुकाउन आग्रह गरेका थिए । कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री, मन्त्री र सरकारी अधिकारीले लगानीका लागि आवश्यक वातावरण तयार गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका थिए । त्यसैकाआधारमा ठूलो परिमाणमा लगानी प्रतिवद्धता आएको छ । विगतमा पनि लगानीका लागि ठूलो प्रतिवद्धता आएपनि विभिन्न प्रक्रियागत तथा नीतिगत झन्झटका करण लगानीकर्ता निरुत्साहित हुने गरेका थिए । यसपटक भने राजनीतिक दहलरुले सामूहिक रुपमा लगानीका लागि वातावरण बनाउन कुनै कसर नछोड्ने बताएकाले लगानीकर्तामा उत्साह थपिएको छ ।

0 comments

Write Down Your Responses