अन्तरास्ट्रिय
»
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 'विश्व नोबेल शान्ति पुरस्कार'का लागी सिफारिस 1
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 'विश्व नोबेल शान्ति पुरस्कार'का लागी सिफारिस 1
आफ्ना भनाइ र आप्रवाशी इतर निर्णयका कारण विश्व भरिनै चर्चित अमेरिकी राष्ट्रपति ट्रम्प विश्व विख्यात नोबेल शान्ति पुरस्कारका लागी सिफारिस भएका छन्। नर्वेको राजधानी ओस्लोस्थित नोवेल कमिटीले बिहिबार नोवेल शान्ति पुरस्कार-२०१७ का लागी सिफारिश गरेका ३ सय १८ व्यक्ति र संस्था मध्ये राष्ट्रपति ट्रम्प पनि सिफारिशमा परेका हुन्।
शान्ति अनुसन्धान केन्द्र, ओस्लो ( प्रिओ )का निर्देशक क्रिस्टियान बर्ग हर्पविकेनका अनुसार `आफ्नो सशक्त विचार मार्फत विश्व शान्तिमा उल्लेखनीय योगदान पुर्याए वापत` राष्ट्रपति ट्रम्प नोवेल शान्ति पुरस्कारका लागी सिफारिसमा परेका हुन्।

प्रत्येक बर्ष नोवेल शन्ति पुरस्कार घोषणा पुर्व नै सम्भावित नोवेल लोरेटको विश्लेषण र अनुमान गर्दै आएका हर्पविकेनले यधपी ट्रम्प बिजेता बन्ने सम्भावना न्यून रहेको बताएका छन्। ट्रम्प बिरुद्ध अमेरिकामा नागरिक अभियान संचालन गर्दै आएको अमेरिकी सिविल लिबर्टी युनियन (एसीएलयु) र त्यस संस्थाका अध्यक्ष सुसन हेरमन यस बर्षको शान्ति नोबेल पुरस्कार बिजेताको अग्रपंक्तिमा रहेको निर्देशक हर्पविकेनले आफ्नो विश्लेषणबाट अनुमान गरेको बताएका छन्।
नोबेल शान्ति पुरस्कारका लागी सिफारिशमा परेकाहरुको नाम आगामी ५० बर्ष सम्म अति गोप्य नै राखिए पनि सिफारिसकर्तालाइ भने गोपनियताको कुनै बन्देज नहुने भएकोले केहि सिफारिसकर्ताले प्रचार र जन दबाबका लागी समेत नाम सार्वजनिक गर्दै आएका छन्।
निर्देशक हर्पविकेनले स्थानीय अनलाइन नेटअविसनसंग भनें `यो बर्ष पनि ट्रम्पको नाम सिफारिस भएको मलाइ सिफारिसकर्ताबाटै जानकारी प्राप्त भएको छ।` ट्रम्प गत बर्ष पनि नोवेल शान्ति पुरस्कारका लागी सिफारिसमा परेका थिए।
उनका अनुसार सिफारिसकर्ता एक अमेरिकी राजनीतिज्ञ हुन्। नोवेल शान्ति पुरस्कार- २०१७ का लागी सिफारिस हुनेहरुमा अमेरिकी पूर्व जासुस विश्लेषक एडवार्ड स्नोदेन, भ्याटिकन का पोप फ्रान्स र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायत रहेको उल्लेख गरिएको छ।
नोवेल शान्ति पुरस्कार समितिका अनुसार, पुरस्कारका लागी नाम सिफारिस गर्न राष्ट्रिय संसद वा सरकारको सदस्य, सो पुरस्कारका पुर्व बिजेताहरु ,नोवेल समितिका पुर्व वा बहालवाला सदस्य र केहि निश्चित क्षेत्रका बिश्वबिध्यालयका प्रोफेसरहरु हुनुपर्ने व्यवस्था छ।
चार जना पूर्व अमेरिकी राष्ट्रपति हरु बराक ओबामा, थेओडोर रोसेभेल्ट, वुड्रो विल्सन र जिमी कार्टरले नोवेल विश्व शान्ति पुरस्कार प्राप्त गरिसकेका छन्।
विश्व शान्तिको लागी उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाइ स्वर्णपदक र प्रमाणपत्र सहित नौं लाख २५ हजार डलर राशिको उक्त नोवेल शान्ति पुरस्कार प्रत्येक बर्ष अक्टोबरमा घोषणा गरिन्छ र डिसेम्बर १० का दिन ओस्लोस्थित नगर सभाहलमा एक बिशेष समारोहमा प्रदान गरिन्छ।
प्रकाशित मिति: शनिबार, फाल्गुण २१, २०७३ ०२:३२:१५
0 comments
Write Down Your Responses