Welcome to ...

आगलागीबाट पाँच घर ध्वस्त1
भोजपुरः भोजपुर नगरपालिका-४ भंसीपंखाको डाडाँखर्कमा आगलागी हुदाँ पाँच घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् । दिउसो दुर्इ बजेतिर एक्कासी आएको हावाहुरीले स्थानीय शिवबहादुर श्रेष्ठको घरको चुलोमा बलिरहेको आगो उडाउँदा आगलागी भई पाँच घर जलेर ध्वस्त भएका हुन आगलागीबाट घरमा रहेका सम्पूर्ण धनमाल, लत्ताकपडा लगायत अन्नपात जलेर नष्ट भएको छ । आगलागीले मानवीय क्षति भने भएको छैन । स्थानीयवासील आगो निभाउने प्रयास गरे पनि सुख्खा खडेरी र पानी नभएको कारण आगो नियन्त्रण गर्न नसकेको स्थानीयवासीले बताए । सदरमुकामदेखि अलि टाढा रहेको डाडाँखर्कमा आगलागी भएको तीन घण्टापछि सुरक्षाकर्मी आगो निभाउनका लागि पुगेका थिए । नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुई घण्टा लगाएर आगो निभाउन सफल भएको थियो आगलागबाट करिब एक करोड बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट घर, लत्ताकपडा, खाद्यान्न सबै नष्ट भएपछि पीडितहरु छिमेकीको गोठमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट कुमार श्रेष्ठ, मक्करबहादुर श्रेष्ठ, जीतबहादुर श्रेष्ठ, शिवबहादुर श्रेष्ठ र खउकुमार श्रेष्ठको घर ध्वस्त भएको छ

0 comments

Write Down Your Responses