भ्यागुताको अस्पताल सार्न नयाँ भवनको खोजी1
साँच्चिकै भन्नु पर्दा, एकातिर भ्यागुते अस्पताल सार्न नयाँ भवन फेला पार्नु कठिन र चुनौतिपूर्ण त छँदैछ, अर्कोतर्फ खेतबारीलाई मल जल शुद्धिकरण गर्ने, खेतीपाती गर्ने, बालीनाली थन्क्याउने क्रममा होस् वा अन्य कुनै पनि प्रयोजनका लागि होस्, चाहिने भन्दा बढी परिणाममा किटनाशक विषादीका जथाभावी प्रयोगका कारण संसारबाटै भ्यागुताको सङ्ख्या बिस्तारै लोप हुँदै जानुले चिन्ता उत्पन्न गराएको छ फ्रग हस्पिटलकी अध्यक्षा पेर्गालोट्टीलाई ।
संसारका कुनै पनि प्रजातिका भ्यागुता आफ्ना प्राकृतिक गुणअनुसार रासायनिक पदार्थप्रति अत्यन्त सम्बेदनशील हुन्छन् । त्यसमाथि, कीटनाशक विर्षादीको गन्ध भएपछि त भ्यागुताले अलिकति पनि पचाउन सक्दैनन् । खै के भनौँ, भारी परिमाणमा जीव प्राणघातक कीटनासक विषादी प्रयोग गर्नमा हाम्रो अस्ट्रेलिया त एक नम्बरमा रहेको छू अध्यक्षा डेबोराह भन्छिन्।
अस्पताल सार्नका लागि नयाँ भवन फेला पार्न कीटनाशक विसादीले मात्र होइन घरभाडाले पनि त्यत्तिकै चुनौति थपेको छ।
सिड्नीका कुनै पनि बेचल्तीका इलाका वा शहर, बजारको केन्द्रदेखि टाढा टाढाका कुना कुनाका ससाना घरका बहाल पनि हप्ताको चारसय पचास अस्ट्रेलियाली डलर (तीन सय चालीस अमेरिकी डलर)भन्दा बढी पर्छ।
भ्यागुते अस्पताल सञ्चालन गर्नुपर्ने भवनका लागि सिड्नीको केन्द्रिय इलाका (डाउन टाउन)भन्दा निकै टाढाको स्थानमा गए पनि प्रतिहप्ता आठसयदेखि दुई हजार अस्ट्रेलियाली डलरसम्म पर्ने अनुमान गरेकिछिन् डेबोराहले ।
यस उपचार केन्द्र सञ्चालन गर्नुभन्दा पहिला एउटा भ्यागुते अस्पताल स्थापना गरौं भनी हामीले समाजका बिभिन्न मानिसलाई गुहार्यौं। सुरुसुरुमा पशु (जलस्थलचर जीव) अधिकार अभियन्ताले समेतले तिमीहरुको हावा खुस्कियो कि क्या हो, किन यस्तो मूख्र्याइँ गर्न लागेका भनी गिज्याउँथे।
अहिले तिनीहरु हाम्रो परिश्रम, काम र लगनशीलता देखेर छक्क पर्छन् । यो धरती सबै प्राणधारी जीवको साझा घर हो । एउटा भ्यागुतो बिरामी पर्यो। वा उसको खुट्टो भाँच्चियो वा चोट पटक लाग्यो भन्दैमा उसलाई मर्न छाडिदिने रु टुलुटुलु हेरि रहने धर्तीका हरेक प्राणीलाई औषधि र उपचारको हक छ, बचाउन सकिने भएमा धर्तीका हरेक प्राणीलाई बचाउनुपर्छ। हामी हृदयमा यही आदर्श लिएर काम गरिरहेका छौँ यसले हामीलाई बडो सन्तोष र सुख मिलेको छू अध्यक्षा डेबोराहले भावुक भएर भनिन्। रासस/सिन्ह्वा


0 comments
Write Down Your Responses