समाचार
»
मधेसी मोर्चाद्वारा प्रचण्डको प्रस्ताव अस्वीकार, असहयोग आन्दोलन घोषणा
मधेसी मोर्चाद्वारा प्रचण्डको प्रस्ताव अस्वीकार, असहयोग आन्दोलन घोषणा
चैत, काठमाडौं । मधेसी मोर्चाले सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने गरी संविधान संशोधन अघि बढाउने प्रधानमन्त्री प्रचण्डको विकल्प अस्वीकार गरेको छ । साथै असहयोग र अवज्ञा आन्दोलन घोषणा गरेको छ ।
मधेसी मोर्चाको बुधबार बसेको बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भोलिदेखि नै असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।
त्यसअघि बुधबार विहान प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई भेटेर सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने र संविधान संशोधन विधेयकका बाँकी विषय अघि बढाउने प्रस्ताव अघि सारेका थिए ।
लगतै बसेको मधेसी मोर्चाको बैठकले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै आन्दोलन घोषणा गरेको छ । जस अनुसार भोलि ३ गतेदेखि निर्वाचन आयोगद्वारा घोषित निर्वाचन कार्यक्रम र स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा पूर्णतः असहयोग गर्नेछ ।
१३ गते मलेठ घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली दिन सभा गर्ने मधेसी मोर्चाको निर्णय छ । यस्तै चैत १५ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने मोर्चाको कार्यक्रम छ ।
0 comments
Write Down Your Responses