समाचार
»
रुपन्देहीमा प्रहरीको हतियार नै खोसियो, प्रहरीद्वारा ५ राउन्ड हवाई फायर र ५ राउन्ड अशुल ग्यास
रुपन्देहीमा प्रहरीको हतियार नै खोसियो, प्रहरीद्वारा ५ राउन्ड हवाई फायर र ५ राउन्ड अशुल ग्यास

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको साथमा रहेको हतियार लुटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन (हतियार लुटिएको छ’ रुपन्देही प्रमुख एसएसपी दिपक थापाले बताए ।
तनावग्रस्त भीडलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर र ५ राउन्ड अशुल ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ । झडपमा ३ जना प्रहरी पनि घाइते भएका छन् ।
शनिबार पनि मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो
0 comments
Write Down Your Responses