ट्रम्पले भने– 'झुटा सञ्चार माध्यमसँग बाेल्नुभन्दा सिधै जनतासँग कुरा गर्छु'
।
सञ्चार माध्यमहरुले सत्य तथ्य समाचारहरु प्रकाशन गर्न नचाहेको तथा आफ्ना एजेन्डा अनुसारका समाचार नदिएकोमा उनले आक्रोश व्यक्त गरे । गत साता भएको पत्रकार सम्मेलनमा कडा रुपमा देखिएका उनले र्यालीमा समेत उक्त कुरा दोहोर्याई सञ्चार माध्यममाथि आक्रोश देखाएका हुन्।
सञ्चार माध्यमहरुले सत्यतथ्य समाचार दिन नचाहेको भन्दै आफ्नो तथ्यहीन तथा झुठो समाचार प्रकाशन गरेको बताए । उनले अमेरिकालाई सुरक्षित राख्ने तथा देशको सीमाना बलियो बनाउने चुनावी प्रचारप्रसारताकाको भनाइलाई दोहोर्याएका थिए । तर चुनावी शैलीमा यसरी बहालवाला राष्ट्रपतिले र्याली गर्नुलाई अस्वाभिक मानिएको छ ।
नोभेम्बरको राष्ट्रपति चुनावमा जित हासिल गरेका उनलाई फ्लोरिडा राज्यमा उनका समर्थकहरुले उनलाई तथा उनकी श्रीमती मेलानियालाई स्वागत गरेका थिए ।
झुठा सञ्चार माध्यमसँग नभई सिधै अमेरिकी जनतासमक्ष कुरा गर्नका लागि आफू फ्लोरिडा आएको उनले बताएका थिए ।
उतm र्याली ट्रम्पका समर्थकहरुले नै आयोजना गरेका थिए । राष्ट्रपतीकी प्रवतmा सराह हकाबी स्यान्डर्सले उतm भेला अमेरिकीका लागि आयोजना गरिएको बताइन्।
राष्ट्रपती ट्रम्पले शनिबार एउटा ट्विट गर्दै ठूलो संख्यामा उतm र्यालीमा सहभागी हुने कुरा व्यक्त गरेका थिए। उनले अमेरिकामा आशाको लहर फैलिएको भन्दै चुनावी प्रचारप्रसारका क्रममा आफूले जनाएको प्रतिबद्वतालाई दोहोर्याएका छन्।


0 comments
Write Down Your Responses