समाचार
»
होलीमा राजधानीका ३ सय २७ सवारी प्रहरीको नियन्त्रणमा
होलीमा राजधानीका ३ सय २७ सवारी प्रहरीको नियन्त्रणमा
काठमाडौँ – होली पर्वलाई मध्नजर गर्दै विशेष सडक सुरक्षा योजना लागु गरिरहेको ट्राफिक प्रहरीले हालसम्म ३२७ सवारी नियन्त्रणमा लिएको छ ।
सातदोवाटो क्षेत्रबाट सवैभन्दा बढी ५५ सवारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सवारीलाई दिनभर नछाडीँने साँझ सचेतना कक्षामा सहभागी गराएर जरिवाना तिराएपछि मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

होलीको दिन मापसे गरेर सवारी चलाउने, महिला बर्गलाई अनावश्यक हैरान बनाउने र तिब्र गतिमा चल्ने सवारी नियन्त्रणमा लिईने ट्राफिक महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले हाल उपत्यकाका १५४ स्थानमा नियमीत चेकिङ गर्दै आएको छ । आज थप ५३ स्थान सहित कुल २७९ स्थानमा सवारी जाँच गरिने तथा १ हजार २१४ जना प्रहरी परिचालन गरिने महाशाखाले जनाएको छ ।
0 comments
Write Down Your Responses