भक्ती थापा सम्झाउने योद्धा, ११ तोप सलामी पाउने झुपडीको युवा
उहाँलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिनुभयो । गत बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय फौजले गोली चलाउँदा उहाँको मृत्यु भएको थियो । उहाँको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।
आज बिहान ८ बजेबाट शवयात्रा गरिने स्थानीयले जनाएका छन् । अत्येष्टिका लागि प्रधानमन्त्री, गृहमन्त्री या मन्त्री आउनुपर्ने र राष्ट्रियताको विषय भएकाले राहत रकमसमेत बढाउनुपर्ने माग स्थानियको माग छ । शवयात्रा दोधा नदीमा पुगेर टुंगिनेछ । नदी–किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने स्थानीय प्रशासनले जनाएको छ ।
वास्तवमा यी यस्ता वीर योध्दा हुन जसले इतिहासमा भक्ती थापालाई एकपटक पुन सम्झाएका छन् । आफुनो मातृभूमिको रक्षार्थ हाँसीहाँसी गोली थाप्न तयार यी योध्दालाई अन्तिम समयमा आएर सरकारले जुन इज्जत र सम्मान दिएर राजकिय सम्मानका साथ अन्तेष्टि गर्ने निर्णय गरेको छ त्यसलाई आम नेपालीले स्वागत गरिरहेका छन् ।


0 comments
Write Down Your Responses