चुरोटको लत छ ? यि हुन् चुरोट छाड्ने घरेलु उपाय
ब्रोकाउलीः ब्रोकाउलीमा उच्च मात्रामा भिटामिन बी ५ पाइन्छ। शरिर भित्रको महत्वपूर्ण प्रक्रियालाई नियन्त्रण गर्न भिटामिन बीको महत्वपूर्ण भूमिका हुन्छ। शरिरमा भिटामिनको बी को मात्रा पर्याप्त नभएमा शरिरले अपेक्षा गरे अनुसारको प्रतिकृया जनाउँदैन। ब्रोकाउली खाँदा भिटामिन बी को पूर्ती हुन्छ र मेटाबोलिजमलाई सशक्त बनाउँछ तथा फोक्सोलाई निकोटिनले गर्ने हानीबाट जोगाउँछ। यसबाट पनि तलतल कम गर्न सकिन्छ।
अनारः धुमपानले मुटुको चाल र रक्तचाप बढाउनुका साथै रक्त नलिमा अक्सिजनको तह घटाउछ । प्रशस्त मात्रामा अनार खाएर यसको अशर न्युन गर्न सकिन्छ। गहुँको अंकुरः गहुँको अंकुरमा पाइने भिटामिन इ ले रक्त प्रबाहलाई सहज बनाउछ। गंहुको अंकुरले मुटुरोगको जोखिम पनि घटाउछ । यसबाट पनि तलतल कम गर्न सकिन्छ।
पालुंगोः पालुंगोको सागमा भिटामिन बी ९ वा फोलिक एसिड हुने गर्छ। सागमा पाइने यो भिटामिनले शरिरभित्रको निकोटिनको असर कम गर्न र तलतल हटाउन मद्धत गर्छ। सुन्तालाः सुन्ताला सिट्रस वर्ग अन्तर्गत पर्ने महत्वपूर्ण फल हो । निकोटिनले शरिरमा भिटामिन सीको मात्रा घटाइदिन्छ। त्यसैले प्रशस्त सुन्ताला वा भिटामिन सी पाइने अमलालगायत अमिला फलफूलले निकोटिनको तल–तल घट्छ।
गाजरः नियमित धुमपान गर्ने मानिसको शरिरबाट भिटामिन सी र भिटामिन ए गुम्छ । धुमपानले रक्त प्रबाह, स्नायुको कोष र दिमागको कार्यलाई अशर गर्छ । प्रशस्त गाजरबाट पाइने भिटामिन के, सी र ए ले निकोटिनको असरलाई कम गरी शारिरिक र मानसिक स्फूर्ती प्रदान गर्छ।
कागतीः निकोटिनसँग जुध्ने महत्वपूर्ण तत्व हो कागती । तपाईले धुमपान गरेको निकोटिन शरिरमा तीन दिन दिनसम्म रहन्छ । निकोटिनका कारण विग्रिएको छालाको कोषले रोग प्रतिरोधात्मक क्षमता घटाउछ । कागतीले छाला रोगलाई पनि निको गराउछ । साईट्रिक एसिड र भिटामिन सीले निकोटिनको अशरबिरुद्ध जुध्न सहयोग गर्छ । यसले तलतल पनि कम गर्छ।
अदुवाः अदुवाले निकोटिनका कारण शरिरमा उत्पन्न हुने विकार फाल्न सहयोग गर्छ । निकोटिनको तलतलबाट मुक्ती पाउन अदुवालाई भान्साको महत्वपूर्ण अंश बनउनुहोस् । अदुवाले रक्त नलिमा हुने विषादीलाई हटाई स्वस्थ तौल कायम राख्न सहयोग गर्छ। धुमपान त्यागेपछि शरिरभित्र जम्मा भएको निकोटिन हटाउन अदुवाले महत्वपूर्ण भूमिका खेल्छ।


0 comments
Write Down Your Responses