यूएईमा अलपत्र एक सय १७ जनालाई टिकट मिलाउन सरकारलाई अनुरोध
दूतावासले पीडितलाई टिकट उपलब्ध गराउन प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई अनुरोध गरेको छ । यूएईको हिमाया सेक्युरिटी सर्भिसमा कामविहीन भएपछि १ सय १७ नेपाली कामदारले आफूहरूमाथि अन्याय भएको भन्दै नेपाली दूतावासमा उजुरी गरेका थिए । त्यसमध्ये ५२ जना सुरक्षा गार्डलाई एसआरएसले पठाएको थियो । बाँकी कामदारलाई दलालले भिजिट भिसामा यूएई लगेका थिए । उनीहरू आठ महिनादेखि कामविहीन भएर बसेका छन्


0 comments
Write Down Your Responses