महिनावारीमा गडबड हुने समस्या धेरै किशोरीलाई हुन्छ। किन हुन्छ महिनावारीमा गडबड ?helth
अहिले धेरै महिलाले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्न थालेका छन् । परिवार नियोजनका साधनको प्रयोगले महिलाको महिनावारी छिटो तथा ढिलो हुने र रगत धेरै बग्ने यसको प्रयोग गर्ने महिलाहरूको अनुभव छ । यस्ता साधनको बढ्दो प्रयोगले महिनावारी गडबड हुनुका साथै अन्य स्वास्थ्य समस्या पनि देखापर्ने सम्भावना हुन्छ ।
कुनै महिलाको महिनावारी २८ दिनमा भैरहेको थियो तर कुनै महिना १० दिन ढिला भए त्यसलाई गडबडी मानिन्छ । कसैको महिनावारी ३५ दिनमा हुने गरेको छ भने अर्को महिना पनि ३५ दिनमै भए त्यसलाई गडबडी मानिँदैन । महिनावारी ३–४ दिन तलमाथि हुनुलाई गडबडी मानिँदैन । अनियमित महिनावारीले जीवनमा असर पार्ने भएकाले यसबाट जोगिन पोषण तत्व तथा सन्तुलित खानामा ध्यान पुर्याउनुपर्छ । कहिलेकाहीँ मधुमेह तथा थाइराइडले गर्दा पनि महिनावारी तलमाथि पर्न सक्छ । त्यसैले समय–समयमा यसको जाँच गराउनुपर्छ भने तनावमुक्त जीवन जिउनुपर्छ ।
कतिपय अवस्थामा महिला खेलाडीहरूले महिनावारी रोक्ने औषधि सेवन गर्छन् । शारीरिक व्यायामका कारण पनि यस्ता महिलाको महिनावारी गडबड हुने गरेको छ । एस्ट्रोजन तथा प्रोजेस्टेरोन हार्मोनको कमीका कारण पनि महिनावारी गडबड हुन्छ ।


0 comments
Write Down Your Responses