समाचार
»
मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, भोलि र पर्सी तराई बन्दको घोषणा read
मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, भोलि र पर्सी तराई बन्दको घोषणा read
काठमाडौं: मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ।
सप्तरीमा भएको गोली काण्डपछि काठमाडौंमा बसेको मधेसी मोर्चाको अकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर समर्थन फिर्ताको औपचारिक जानकारी दिने मोर्चाको तयारी छ।
तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको मोर्चाको बैठकले घटनाको सम्पूर्ण जिम्मेवारी एमाले लिनुपर्ने माग गरेको छ।
यसैगरी मोर्चाले भोलि र पर्सी तराई-मधेश बन्दको घोषणा समेत गरेको राष्ट्रिय समाजवादी पार्टीका प्रवक्ता केशव झाले अन्नपूर्णलाई जानकारी दिए।
0 comments
Write Down Your Responses