Welcome to ...

सप्तरी अपडेट: प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ पुग्यो
काठमाडौं: सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा सप्तरी मलेठ-२ का सञ्‍जन मेहता र दिबङगर यादव तथा सप्तरी मलेठ-४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको मधेसी मोर्चाका नेताले जानकारी दिएका छन्। झडपका क्रममा प्रहरीको गोली लागि गम्भीर घाइते भएका सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको उपचारकालागि धरान लैजाने क्रममा मृत्युको हो। त्यस्तै प्रहरीको गोली लागेर मेहता र दिबङगर यादवको घटनास्थलमै मृत्यु भएको थियो। अन्य घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अन्‍नपूर्ण संवाददाताले जानकारी दिएका छन्। सोमबार राजविराजको औद्योगिक क्षेत्रमा एमालेको मेची महाकाली अभियानको कार्यक्रम सकिएपछि सभास्थल बाहिर मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको थियो। प्रहरीले हवाई फायर गर्दा पनि प्रदर्शनकारीले ढुंगामुढा गर्न नछोडेपछि प्रहरीले गोली चलाएको थियो

0 comments

Write Down Your Responses