कृषिको व्यवसायीकरणबाट मात्र बेरोजगारी अन्त्यः प्रधानमन्त्री read
।
कृषि क्षेत्र देशको मेरुदण्ड भए पनि राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रको प्रवर्द्धन र विकासमा सरकारले विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा कृषक समाजले कृषि र पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकता दिएको र राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरेको थियो ।
कृषक समाजका अध्यक्ष आनन्दप्रसाद न्यूरेले प्रधानमन्त्रीको कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा राम्रो प्रोत्साहन भएको तथा सरकारले पहिलोपटक राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरिएको बताए।
समाजले सहुलियत कृषक कर्जाको व्यवस्था गर्न, पशु बीमा कार्यक्रमलाई किसानको सहभागितासहित व्यवस्थित गर्न, राष्ट्रिय किसान आयोगमा वास्तविक किसानको प्रतिनिधित्व गराउन माग गरेको समाजका केन्द्रीय सदस्य लेखनाथ अर्यालले जानकारी दिए।
समाजले चितवनमा धुलो दूध कारखाना स्थापना गर्न, सबै जिल्लामा पशु प्रयोगशाला स्थापना गर्न र कृषिसँग सम्बन्धित ढुवानीका साधनमा भन्सार छुटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।


0 comments
Write Down Your Responses