मन्त्रीले सोधे कहाँ पर्छ साँखु ? नगरपालिका कायम गराउन राजदासले थाले आमरण अनसन reed mor
।
“शनिबारदेखि जेष्ठ नागरिक इन्जिनियर राजदास श्रेष्ठले आमरण अनसन थाल्नुभएको छ, थप आन्दोलनका कार्यक्रम ल्याउने अहिले छलफल चलिरहेको छ,” उनले भने ।
आयोगले छिमेकी कागेश्वरी मनहरा नगरपालिकामा शंखरापुरलाई विलय गराएपछि झन्डै डेढ महिनादेखि स्थानीहरुले सडक आन्दोलन तथा धर्ना कार्यक्रम गर्दै आएका थिए ।
उनीहरुले झन्डै २ सातादेखि काठमाडौंको शान्तिवाटिकामा २४ घण्टे रिले अनसन गर्दै आएका थिए । आफ्नो गुमेको पहिचान कायम गरिदिन उक्त नगरपालिकाका राजनीतिक दलका कार्यकर्ता तथा स्थानीयले मन्त्री पाण्डेलाई भेटी शंखरापुर नगरपालिका कायम गरिदन ज्ञापन पत्र समेत बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री पाण्डेले उक्त नगरपलिका कायम गर्ने आश्वास दिएपनि नगरपालिका कायम नभएको भन्दै पुनः थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
मन्त्रीले सोधे–कहाँ पर्छ साँखु ?
सरकारले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हीतराज पाण्डेको संयोजकत्वमा उद्योग मन्त्री नविन्द्रराज जोशी र आपूर्ति मन्त्री दीपक बोहोरा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदल गठन पछि पटक पटक गरेर झण्डै २ साताको समय दिएर विवाद आएको क्षेत्रमा थप स्थानीय तह सिफारिस गरेर सरकारलाई प्रतिवेदन बुझाँउने जिम्मा दिइएको थियो ।
आयोगले प्रधानमन्त्रीलाई प्रतिबेदन बुझाँउने म्याद शुक्रबारसम्म भएपनि प्रतिबेदन बुझाँउने तयारी भइरहेको कार्यदलका सदस्य समेत रहेका उद्योगमन्त्री नविन्द्रराज जोशीले रातोपाटीलाई जानकारी दिए ।
उनले केही सञ्चारमाध्यम आएको समारचारबारे आफूलाई जानकारी नभएको र कार्यदलले बनाएको प्रतिबेदन अहिलेसम्म सार्वजनिक नभएको बताए । काठमाडौंको साँखुमा शंखरापुर नगरपालिकाको माग गर्दै स्थानीहरुले १ महिनाभन्दा बढी आन्दोलन गरिसके, अहिले आमरण अनसन समेत शूरु भएको छ भन्ने रातोपाटी डटकमको प्रश्नमा मन्त्री जोशीले उल्टै प्रश्न गरे–“यो साँखु भनेको कहाँ पर्छ ? शंखरापुर नगरपालिका माग्दै आन्दोलन भएकोबारे हामीले जानकारी पाएका छैनौँ ।”
मन्त्री जोशीले प्रधानमन्त्रीलाई कार्यदलले प्रतिवेदन बुझाएपछि सबै सार्वजनिक हुने जानकारी दिए ।


0 comments
Write Down Your Responses