नेपालका प्रहरी नै चोर, ट्रयाक्टरको टायरै चोरेर बिक्री see mor
तुलसीपुरले सोमबार राति अवैध काठसहित रा १ त ६३० को ट्रयाक्टरलाई तुलसीपुर–१४ राइखलियानबाट नियन्त्रणमा लिएको थियो । इप्रका तुलसीपुरका अनुसार काठसहितको सो ट्रयाक्टर जिल्ला वन कार्यालय बुझाउन प्रहरीकै चालक सिपाही धनवीर चौधरी र अर्का जवान प्रकाश बिष्टलाई खटाइएको थियो । घोराहीस्थित जिल्ला वन कार्यालय काठ र ट्रयाक्टर बुझाउन गएका प्रहरी जवान चौधरी र बिष्टले घोराहीकै एक ट्रयाक्टर सोरुममा ट्रयाक्टरका ६ वटै टायर बेची पुराना टायर राखेर जिल्ला वनमा बुझाएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार प्रहरी जवानद्वयले कामचलाउ टायर राखी ट्रेक्टर जिल्ला वन कार्यालयमा बुझाएका थिए । अहिले चौधरी र विष्टलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको छ


0 comments
Write Down Your Responses