Welcome to ...

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय: संविधानमा राजसंस्थासहितको प्रजातन्त्र
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र हुनु पर्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको कार्य सम्पादनको बैठकले उक्त निर्णय गरेको हो। पार्टीले संविधानमा सनातन हिन्दू धर्म अनिवार्य हुनुपर्ने निर्णय समेत गरेको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले बताए। पार्टीले संघीयता भन्दा स्थानीय स्वायत्त शासन व्यवस्था उत्तम भएको ठहर गरेको छ। यसका साथै पार्टीले पाँच विकास क्षेत्रलाई नै परिमार्जनसहित प्रदेश बनाउनु पर्नेमा जोड दिएको छ भने संघीयता विवादलाई टुंग्याउन जनमत संग्रहको खाँचो रहेको औल्याएको छ। यस्तै राप्रपाले २१ औ शताब्दीलाई मध्यनजर गर्दै राज्य सञ्‍चालनको लागि शान्ति, प्रजातन्त्र र खुला बजारमुखी अर्थतन्त्रको आवश्यकता अवलम्बन गर्नुपर्ने निष्कर्ण निकालेको छ। यसअघि दोस्रो संविधानसभामा राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्र अस्विकार गरेको थियो।

0 comments

Write Down Your Responses