Welcome to ...

फागुन भित्रमा निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट दबाब दिने एमालेको तयारी
कैलाली, २ फागुन । नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताएका छन् । प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताए । संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उनको भनाइ थियो । उनले प्रदेशको सीमाङ्कन गर्दा नेपालका पहाडी भू–भागलाई तराईसँग अलग गर्न नहुनेमा जोड दिए ।

0 comments

Write Down Your Responses