Welcome to ...

नविना र नयनको आ-आफ्नै दाबीः दुई तिहाई सिट हामी जित्छौं
२ फागुन, काठमाडौं । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १० वटा विद्यार्थी संगठनहरूले भाग लिने प्रतिवद्धता जनाएका छन् । अनेरास्ववियू, नेवि संघ, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । एमालेसम्वद्ध अनेरास्ववियूकी अध्यक्ष नविना लामाले शिक्षाध्यक्षको गाडी जलाउने कार्यको भत्सर्ना गरे । लामाले यो पटकको निर्वाचनमा आफ्नो संगठनले सभापतिमा ७२ प्रतिशत जित हाँसिल गर्ने दाबी समेत गरिन् । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले विश्वविद्यालयलाई आमूल सुधार गर्न र विद्यार्थी आन्दोलनको साख जोगाउनको लागि पनि स्ववियू निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निर्वाचन जित्नको लागि मात्रै होईन, हार पनि हुन्छ, स्ववियू निर्वाचनमा ८२ प्रतिशत मत ल्याएर नेविसंघ निर्वाचित हुन्छ ।’ नेवि संघले क्यापसमा गरेको तालाबन्दी कहिले खुल्छ भनेर संञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘तालाबन्दीमा नेविसंघ मात्रै सामेल छैन, ताला चिन्न गाह्रो भइरहेको छ ।’ उनले अघि भने, पार्टीको आदेश र संगठनको भावना बिपरित कसैले त्यस्तो गर्छ भन,े त्यो अनुसाशन बिपरित हो, राप्रपिसंघ र विप्लव माओवादीका साथीहरूले पनि ताला लगाउनुभएको अबस्था छ, चाँडै खुल्छ ।’ अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले यस पटक तोकिएकै समयमा स्ववियू चुनाव हुने विश्वास व्यक्त गरे । ‘नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ, यसले निर्वाचन हुनेमा शंका उब्जाएको छ, अर्कोतर्फ आज रेक्टरको गाडी जलाइएको छ’ उनले अघि थपे, आजमात्रै होईन १२-१३ गतेसम्म पनि भिसीको गाडी जलेपनि निर्वाचन हुनुपर्छ, यो निर्वाचनमा हामी धेरै सिट जितेर देखाउँछौं ।’ २०७३ फागुन २ गते १६:३६ मा प्रकाशित #स्ववियु निर्वाचन

0 comments

Write Down Your Responses