Welcome to ...

ख्याल गरौँ, यस्ता लक्षण मुटु रोगको हुन सक्छ
नेपालमा पनि मुटुरोगीको संख्या दिनानुदिन बढी रहेको छ । मुटुरोगको लक्षण समयमै थाह पाउन नसक्दा कतिपयको ज्यान समेत गएको छ । यसै सन्दर्भमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगका लक्षण यसरी बताए । मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा वा मुटु दुखेमा । शारीरिक परिश्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम हुन्छ भने । दम–खोकी भएका रोगीको खुट्टा सुन्नियो भने । घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने मुटुभित्रको चाप बढ्यो भने । औँलाका टुप्पा, ओठ र जिब्रो नीलो देखियो भने । औँलाका टुप्पा बाक्ला र चाक्ला भएमा, नङको जरा मासुबाट बाहिर निस्किई छालामुनि आएर बसेमा । एक मिनेटमा ६० देखि एक सयपटक धड्किनुपर्ने मुटु प्रतिमिनेट ४५ पटकभन्दा कम धड्किन पुग्यो भने । कतिपय रोगीले मुटु चल्दाचल्दै ढ्याक्क केहीबेर रोकिएको अनुभव गर्छन् भने कतिपयले मुटु छिटोछिटो दौडिएको अनुभव पनि गर्छन् । कफमा रगत देखापर्‍यो, एक्स–रे गरेर हेर्दा टिबी वा क्यान्सर देखिएन भने । अनायास हात, खुट्टा, औँला, मुख, ओठ झड्का दिँदै चलाइरहन्छ र यो चलाइ उसको नियन्त्रणभन्दा बाहिर रहेको देखिन्छ

0 comments

Write Down Your Responses