बलात्कारी शिक्षकलाई प्रहरीको उन्मुक्ति
वीरगन्ज: १३ वर्षिया बालिकालाइ बलात्कार गरेको आरोपमा पक्राउ परेका एक शिक्षकलाइ प्रहरीले कार्वाही नै नगरी छाडिदिएको तथ्य प्रकाशमा आएको छ।
बाराको भोडाहा गाविसको मटिअरीया टोलमा रहेको बोर्डिङ स्कुलको कक्षा पाचमा अध्ययनरत १३ वर्षिया बालिकालाइ छिमेकी दोहोरी गाविसमा रहेको बोर्डिङ स्कुलमा पढाउदै अएका भोडाहा घर भएका शिक्षक सोनालाल साहले गत पुष २२ गते बलात्कार गरेको पिडित बालिकाको अभिभावकले बताएका छन्।
स्कुलबाट पुष २२ गते बालिकालाइ प्रलोभन दिएर गाँउबाहिर लगेका शिक्षक साहले २६ घण्टा आफुसंगै राखेर बालिकासंग पटक-पटक जबरजस्ती यौन सम्पर्क गरेर पुष २३ गते राति मात्रै बालिकालाई छाडेको पिडित बालिकाको अभिभावकले बताएका छन्।
स्कुलबाट पुष २२ गते देखि बेपत्ता बनाइएकी छोरी पुष २३ गते राति मात्रै सम्पर्कमा आए पछि पिडित बालिकाको बुबाले घटनाका बारेमा थाहा पाएका थिए। घटनाका बारेमा पुष २४ गते स्थानीय प्रहरी चौकीमा मौखीक जानकारी गराएका पिडित बालिकाका बुबाले पुष २५ गते जिल्ला प्रहरी कार्यालय बारामा लिखित उजुरी दिएका थिए।
उजुरीको आधारमा प्रहरीले आरोपित शिक्षक साहलाइ घटना भएको १२ दिन पछि पक्राउ गरेको थियो। पक्राउ परेका साहलाइ जिल्ला प्रहरी कार्यालय बाराले गत माघ १६ गते हिरासतमुक्त गरेपछि पिडित बालिकाका अभिभावकहरु झन पिडामा परेका छन्।
पिडित बालिकाको बुबाले प्रहरीले बलात्कारको प्रमाण नभएका कारण कार्वाही गर्न नसक्ने र सार्वजनिक अपराध अन्तर्गत निवेदन दिए मात्र कार्वाही गर्ने दबाब दिएपछि आफु प्रहरीबाट निराश बनेको बताएका छन्।
इन्स्पेक्टर साबले बलात्कार भएको प्रमाण भेटिएको छैन, सार्वजनिक मुद्धा मात्र चलाउ मिल्छ , निवेदन देउ भनेर भन्नु भयो ,पिडित बालिकाकी फुपुले भनिन् ,‘ मलाइ त प्रहरी पनि त्यही पापीसंग मिलेको जस्तो लाग्दैछ।
घटनालाइ सामसुम पार्न एक मधेसी दलका जिल्ला अध्यक्षको पहलमा माघ १४ गते पिडित बालिकाको अभिभावकलाइ क्षतिपुर्ति दिनका लागि पिडक शिक्षक साहका बुबा भोला साहले बालिकाको बुबासंग नौ लाख २५ हजार रुपैया ऋण लिएको तमसुक बनाएका छन्।
तर तमसुकमा उल्लेख गरिएको रकम दिन आरोपित शिक्षक साहका बुबा भोलाले नमानेपछि बलात्कारको घटना प्रकाशमा आएको हो।
डिएसपीको कमाण्डमा छानबिन समिति गठन
यसैबिच बालिकालाइ बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षक साहलाइ बारा प्रहरीले बिना कार्वाही छोडेको घटनाको बारेमा छानबिन गर्न अन्चल प्रहरी कार्यालय वीरगन्जले सोमबार छानबिन समिति गठन गरेको छ।
प्रहरी नायव उपरिक्षकको संयोजकत्वमा अन्चल प्रहरी कार्यलयले तीन सदस्यिय छानबिन समिति गठन गरेको हो।
अन्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक सुर्य उपाध्यायले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक अरुण कुशवाहा माथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम छानबिन समिति गठन गरिएको बताए।
छानबिन समितिलाइ घटनाको सत्यतथ्य बुझेर एक हप्ता भित्रमा प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ। बालिकालाइ बलत्कार गरेको आरोपमा पक्राउ परेका व्याक्तिलाइ बिना कार्वाही छाडेको भनेर हेड क्वार्टरमा बेनामी उजुरी परेको रहेछ, प्रहरी वरिष्ठ उपरिक्षक उपाध्यायले भने ,‘ हेर्डक्वार्टरबाटै निर्देशन आएपछि एक प्रहरी अधिकृतको संयोजकत्वमा तीन सदस्यिय छानबिन समिति गठन गरिएको हो।
बाराका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीले घटना भएका बेला आफु विदामा बसेको र अहिले आवश्यक छानबिन भइरहेको बताए।
बलात्कार गर्ने शिक्षकलाइ बिना कार्वाही छाडेको भनेर आरोप लागेका प्रहरी निरिक्षक कुशवाहाले भने पिडित भनिएकी बालिकाको जिल्ला अस्पताल कलैयामा स्वास्थ्य जाँच गराउदा बलात्कार भएको पुष्टि हुन नसकेको बताए।
मेडिकल टेष्टमा जबरजस्ती करणी गरेको देखिएन, उनले भने ,‘तै पनि मैले उजुरी दिन बालिकाको अभिभावकलाइ पटक पटक आग्रह गर्दा उनिहरुले इज्जत प्रतिष्ठा जान्छ भनेर हामी गाँउ समाजमै मिलापत्र गर्छौ भनेर उजुरी नै दिएनन् , त्यसैले साहलाइ छाडिएको हो।
सोधपुछका क्रममा पिडित भनिएकी बालिकाले पनि आफुसंग शिक्षक साहले कुनै पनि किसीमको अश्लील व्यवहार नगरेको भनेर बयान दिएको र उनले बोलेको कुराको भिडिो रेकर्ड प्रहरीसंग सुरक्षित रहेको प्रहरी निरिक्षक कुशवाहाले बताए।बालिकाले शिक्षक साहसंग नौ महिना देखि आफनो प्रेम सम्बन्ध रहेको पनि स्वीकारे कुशवाहाले बताए।


0 comments
Write Down Your Responses