अमेरिकाको सबैभन्दा उच्च बाँध ओरोभिल खतरामा
एक लाख बासीलाई तत्काल बस्ती स्थानान्तरण गर्न अपिल
एजेन्सी: अमेरिकाको क्यालिफोर्नियामा रहेको सबैभन्दा उच्च बाँध ओरोभिल खतरामा परेको छ। भारी वर्षाका कारण बाध कमजोर भएपछि ओरोभिल खतरामा परेको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार वर्षाको पानीले बाढीको रुप लिन सक्ने भन्दै त्यहा वरपरका १ लाख ३० हजार बासिन्दालाई घर लाखी गरेर सुरक्षित स्थानमा गएर बस्न सरकारी अधिकारीहरुले आग्रह गरेको छ
8:46 AM - 13 Feb 2017
662 662 Retweets 615 615 likes
सरकारी अधिकारीहरुका अनुसार पानी भरिएपछि बाँधमा लगाइएको आपत्कालिन जल संरक्षण तटबन्ध टुट्न सक्ने र खतरा आउन सक्ने बताइएको छ।बाढीको आशंका गरिएको क्षेत्रका बासिन्दाहरुलाई तत्काल सुरक्षित स्थान जान आदेश दिइएको छ।
समाचारमा बताइए अनुसार क्यालिफोर्नियामा धेरै वर्षदेखि सुख्खा खडेरी लाग्दै आएको छ। तर यो वर्ष भने भारी वर्षा र बरफ वर्षाका कारण जलाशयमा पानीको स्तर बढिरहेको छ


0 comments
Write Down Your Responses