समाचार
»
परराष्ट्रमन्त्री डा महत र बेल्जियमका उपप्रधानमन्त्री रेन्डर्स्बीच भेटवार्ता
परराष्ट्रमन्त्री डा महत र बेल्जियमका उपप्रधानमन्त्री रेन्डर्स्बीच भेटवार्ता
काठमाडौँ, २ फागुन - बेल्जियम भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एव्म विदेशमन्त्री दिदर रेन्डर्स्बीच आज ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध र आपसीहितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका अवसरमा उनीहरुबीच विकास सहयोग, व्यापार, लगानी तथा पर्यटनका विषयमासमेत कुराकानी भएको छ । दुई देशका विदेशमन्त्रीस्तरको द्विपक्षीय संयुक्त संयन्त्रको निर्माणका विषयमा समेत सहमति भएको जनाएको छ ।
त्यस्तै नेपाल र बेल्जियमको संसद्का बीचमा संसदीय समूहको निर्माणका विषयमासमेत सहमति भएको छ ।
सो अवसरमा परराष्ट्र मन्त्री डा महतले नेपालको विकासका लागि जारी विकास प्रयासको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न आग्रह गर्दै नेपालको विकास प्रयासमा विगत लामो समयदेखि बेल्जियमले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
नेपालको पछिल्लो राजनीतिक विकासक्रमका बारेमा जानकारी गराउँदै उनले नेपालले नयाँ संविधान जारी भएपछि समावेशी र समानुपातिक सिद्धान्तका आधारमा प्रजातन्त्रको सुदृढीकरणको प्रयासलाई थप गति दिएको र निकट भविष्यमा नै स्थानीय र राष्ट्रिय निर्वाचनमार्फत सङ्घीय शासन व्यवस्थालाई संस्थागत गर्ने काममा जुट्ने बताए ।
भेटमा बेल्जियमका उपप्रधान एव्म विदेशमन्त्री दिदरले बेल्जियम सरकारले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस -
0 comments
Write Down Your Responses