स्वास्थ्य
»
किन सड्छ दाँत ? सड्न नदिन के गर्ने ?
किन सड्छ दाँत ? सड्न नदिन के गर्ने ?
हामीले खाने खाना चपाएर निल्न दाँतको भूमिका हुन्छ । चपाउने क्रममा खानाको थोरै अंश दाँतमै अड्किने गर्छ । तर, दाँतमा अड्किएका कुरा सफा गरिएन भने यसले फोहोरको रूप लिने र किटाणुको संक्रमण हुने खतरा हुन्छ । दुखेपछि मात्रै दाँतप्रति चासो दिने आमनेपाली बानी गलत छ भन्दै डा.अमित खनालले केही सुझाब दिएका छन्ः
!
दाँत दुख्न थालेपछि मात्रै सम्बन्धित चिकित्सककहाँ देखाउन पुग्ने नेपाली बानी गलत छ । आवश्यक समयमा दाँतको हेरचाह नगर्नु नै सड्ने प्रमुख कारण बनेको देखिन्छ । दाँत खप्नै नसक्ने गरी दुख्ने अवस्थामा पुग्नु भनेको जटिल भइसकेको भन्ने हो । त्यसैले, कुनै समस्याको महसुस नै भएको छैन भने पनि वेला–वेलामा दाँत चिकित्सकलाई देखाउनुपर्छ ।
कति समयमा दाँतको स्वास्थ्य परीक्षण गर्ने भन्नेबारे पनि अधिकांशलाई ज्ञान छैन । कम्तीमा तीन–तीन महिनाको अन्तरमा दन्तचिकित्सककहाँ गएर परीक्षण गराउनुपर्छ । आवश्यकताअनुसार वेला–वेला स्क्यालिङ ९सफा० गर्नुपर्ने हुन सक्छ ।
दाँत सफा गराउँदा हल्लिने र झनै कमजोर हुने खतरा रहन्छ भन्ने धेरैको बुझाइ छ । तर, यो बुझाइ पनि गलत हो । यसरी दाँत सफा गर्दा कुनै हानि हुँदैन । हल्का सिरिंग भए पनि केही दिनमा आफैँ ठीक हुन्छ । सफाइका क्रममा अल्ट्रासोनिक स्केलर मेसिन प्रयोग गरिने भएकाले डराउनुपर्ने कुनै कारण नै रहँदैन ।
दाँतमा समस्या निम्तिने नै त्यहाँ अड्किएका खानेकुराका कारण हो । अड्किएका खानेकुरा सफा नगर्दा फोहोरको रूप लिन्छ र त्यसलाई किटाणुले खाएपछि दाँतमा अम्ल पैदा हुन्छ । अम्लले बिस्तारै दाँतको कडा भाग सडाइदिने भएकाले समस्या त्यहीँबाट निम्तिने हो । त्यसैले केही खाएपछि मुख कुल्ला गर्ने तथा हरेकपटक खाना खाइसकेपछि दाँत माझ्नुपर्छ ।-नयाँ पत्रिका दैनिकबाट
0 comments
Write Down Your Responses